नेपाल–ओमान खेल : ब्याटिङ नचल्दा निराशामा बदलिएको त्यो उत्साह ! | Khabarhub Khabarhub

नेपाल–ओमान खेल : ब्याटिङ नचल्दा निराशामा बदलिएको त्यो उत्साह !

डेब्यु खेलाडीको प्रशंसायोग्य प्रदर्शन



काठमाडौं – बुधबार आईसीसी विश्वकप लिग २ अन्तरगत को त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपालले टस जितेर पाहुना टोलीलाई ब्याटिङको निम्ता दिएको थियो ।

बर्षौदेखि खेल्दै आएको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले लिएको उक्त निर्णय सही सावित भयो । नेपालको बलियो पक्षलाई पहिचान गरेरै उनले ओमानविरुद्ध पहिला फिल्डिङ रोजेका थिए ।

योजना अनुसार नै नेपाली टोलीले ओमानविरुद्ध उत्कृष्ट शुरुवात गर्यो । फलतः ओमानले ५७ रनमा ५ विकेट गुमाइसकेको थियो ।
तर, त्यसपछि मैदान प्रवेश गरेका ओमानी खेलाडी मोहम्मद नादेन र सन्दीप गौडले आक्रामक पारी खेल्दै ६० रनको साझेदारी गर्दा ओमानले ‘सेभ साइड’ मा खेल पुर्याएको थियो । नादेनले नटआउट रहँदै ६९ रन बनाउँदा ओमानले घरेलु टोलीका लागि १सय९८ रनको लक्ष्य प्रस्तुत गर्‍यो ।

५० ओभरको खेलमा यो लक्ष्य ठूलो थिएन । यदि सही तरिकाले अगाडि बढ्न सक्थ्यौं भने । तर, नेपालका लागि यो लक्ष्य निकै विशाल बन्न पुग्यो । जसमा नेपाल १९ बल बाँकी हुँदा १८ रनले पराजित भयो ।

नेपालका लागि शरद भेषावकरले अर्धशतकको योगदान दिएका थिए । तर, उक्त अर्धशतक टोलीको जीतका लागि अपुर्ण रह्यो ।

फितलो ब्याटिङ !

मध्यम लक्ष्य पाएको नेपाली टोलीले घरेलु दर्शकको साथ पाउँदा पनि ब्याटिङ शुरुवात राम्रो गर्न सकेन । उल्टै ‘डट’ बल शूरुवात गर्न पुग्यो । नेपालको ओपनिङ अनुभवी खेलाडी कप्तान ज्ञानेन्द्र मल्ल र निवर्तमान कप्तान पारस खड्काले सम्हाल्दा पनि यो शृङ्खलमा राम्रो शुरुवात भएन ।

एक दिवसीय क्रिकेटमा पहिलो पटक ओपनिङमा देखिएको पारस खड्का र ज्ञानेन्द्र मल्लको जोडी ४ रनमा ‘पवेलियन’ फर्कियो । जसमा कप्तान मल्ल १ रन र खड्का ३ रनमामा सीमित बने ।

त्यसलगत्तै मैदान उत्रिएका शरद र दीपेन्द्रसिंह ऐरीले भने नेपाली ब्याटिङको मध्यक्रम केही हदसम्म सम्हालेका थिए । कमजोर अवस्थामा रहेको नेपालका लागि उनीहरुले ६७ रनको साझेदारी पारी खेले ।

जसमा ऐरी ३६ रनमा आउट भए भने त्यसपछि क्रिजमा आरिफ शेख आए उनी शरदसँग टिक्न सकेनन् । उनी ६ रन बनाएर आउट हु्ँदा लगत्तै मैदान प्रवेश गरेका मध्यक्रमका ब्याट्सम्यान रोहित कुमार पौडेल शून्यमा आउट भए ।

कम रनमा आरिफ आट हुँनु र रोहित शून्यमै पवेलियन फकिँदा नेपाली टोली निकै दबाबमा देखिएको थियो । तर, विकेटकिपर ब्याट्सम्यान विनोद भणडरीले एकतर्फी रुपमा मैदानमा रहेका शरदलाई साथ दिन खोजेका थिए । लामो सर्ट खेल्न खोजेका भण्डारी २६ रनमा पवेलियन फर्किए ।

३३.१ ओभरमा छैठौं विकेटका रुपमा भण्डारी आउट हुँदा नेपालले १ सय १६ रन बनाएको थियो । भण्डारीको स्थानमा मैदान प्रवेश गरेका करण केसी आज ८ बलको सामना गर्दा शून्यमा आउट हुन पुगे । लामो सर्ट खेल्न माहिर मानिने केसी शून्यमा आउट हुँदा घरेलु टोलीमाथि ओमान हावी हुन थालिसकेको थियो ।

तर, स्पिनर सन्दीप लामिछानेले क्रिजमा शुरुदेखि टिकिहरका शरदसँग राम्रो लय मिलाउन खोजेका थिए । नेपालले १ सय ६२ रन बनाउँदा ५ चौकाको मद्दतमा ५५ रनमा खेलिरका शरद ओमानका इयास अक्विबको बलमा बोल्र्ड आउट हुन पुगे ।

४३.१ ओभरमा शरद आउट हुँदा ३ चौका र १ छक्काको मद्दतमा २८ रन बनाएका सन्दीप ४४.१ ओभरमा ओमानका कप्तान जिसान मक्सुदको बलमा आउट हुन पुगे ।

सन्दीप आउट हुने वित्तिकै मैदानमा खेलहेरिरहेका दर्शकले अनुमान लगाइसकेका थिए । अब नेपालले खेल गुमायो । उनीहरु निराश हुँदै मैदानबाट बाहिरिन थालिसकेका थिए ।

नेपालको ब्याटिङ समस्या अहिलेको होइन । तर, यसले निरन्तरता पाइरहँदा नेपाली क्रिकेट समर्थक र खेलाडीहरु आफै पनि खुसी हुन सकेका छैनन् ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले ओपनिक कमजोर हुँदा समस्या भएको स्वीकारेका छन् भने ओमानसँगको खेलमा खेलको ट्रर्निङ प्वाइन्ट भने शरदको विकेट भएको बताएका छन् ।

‘आजको खेलको टर्निङ प्वाइन्ट शरदको विकेट जानु हो । टिकेर खेलिरहेको खेलाडी आउट हुँ्दा दबाब बढ्छ । सन्दीप पनि लगत्तै आउट हुँदा समस्या भयो,’ कप्तान मल्लले भने,‘ओपनिङ राम्रो हुन नसक्दा पनि यस्तो अवस्था आएको हो । यस्ता खेलहरुमा शुरुवात राम्रो हुनु पर्छ तर, त्यो हुन सकेन ।’

डेब्यु ‘ब्बाई’को प्रशंसायोग्य प्रदर्शन

ओमानविरुद्धको खेलमा नेपालबाट सुशन भारी र अबिनास बोहराले एक दिवसीय क्रिकेटमा डेब्युको अवसर पाएका थिए । लामो समयदेखि टोलीमा रहेका यी दुई खेलाडीले ओमानविरुद्धको टोलीमा स्थान बनाएका थिए ।

जसमा भारीले भने आफ्नो डेब्युलाई यादगार बनाएका छन् । उनले १० ओभर पुरा बलिङ गर्दै १४ रन खर्चेर ३ विकेट लिए । जसमा आजको खेलमा उनको बलिङ ‘फिगर’ उत्कृष्ट रह्यो ।

‘सुशनले राम्रो गरेका छन् । धेरै पछि टोलीमा ‘लेफ्ट आर्म’ प्रभावकारी रुपमा देखिएका छन् । अब उनले यो प्रदर्शनलाई निरन्तरता दिन सक्नु पर्छ,’ कप्तान मल्लले भने ।

दर्शकको साथ

बिहान साढे ९ बजेदेखि शुरु भएको खेलमा लागि नेपाली क्रिकेट समर्थक मैदान पुगिसकेका थिए । उनीहरु पछिल्लो ३ बर्षदखि नेपालले काठमाडौंमा अन्तर्राष्ट्रिय प्रतियोगिताको खेलेको हेर्न आतुर थिए ।

जसमा उनीहरु कतिले नेपालको झण्डा बोकेका थिए भने कतिले राष्ट्रिय टोलीको जर्सी लगाएका थिए । त्यतिमात्रै होइन, समर्थक ‘शंख’ सहित मैदान पुगेका थिए । उनीहरु नेपाली खेलाडीले लिएका हरेक विकेट र बाउन्ड्रीमा शंख फुकेर टोलीलाई हौसला प्रदान गरिरहेका थिए ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आजको खेलमा ४१ सय ६५ टिकट विक्रि भएका थिए । ‘नेपाली खेल प्रेमीलाई धन्यवाद भन्न चहान्छु । अनुशासीत भएर मैदानमा उपस्थित भइदिनुभएकोमा,’ क्यान कोषाध्यक्ष रोशन सिंहले भने ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ९ : ३६ बजे

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, जना १० घाइते

धुलिखेल– काभ्रेपलाञ्चोकको भुम्लु, मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना घाइते

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल

नेपाल र कतारको प्रतिनिधिमण्डलबीच भेटवार्ता जारी

काठमाडौं– दुई दिनको नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम