सर्वोच्च अदालतद्वारा मुद्दा फर्छ्योटमा नयाँ व्यवस्था | Khabarhub Khabarhub

सर्वोच्च अदालतद्वारा मुद्दा फर्छ्योटमा नयाँ व्यवस्था


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतमा मुद्दाको बढ्दो कार्यबोझको सम्बोधन तथा पुराना मुद्दाहरुको फर्छ्योटलाई प्रभावकारी बनाउन पेसी व्यवस्थापनको कार्य प्रारम्भ गरिएको छ ।

सर्वोच्च अदालत नियमावली र न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना लक्ष्यमा पुग्ने मुद्दा/रिटको सुनुवाईका लागि दुई चरणको पेशी व्यवस्थापको अभ्यास सुरु गरिएको हो ।

न्यायपालिकाको सरोकारवाला निकाय महान्यायाधिवक्ताको कार्यालय, नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसन लगायतका नियकायहरुसँगको छलफल परामर्शपछि पेसी व्यवस्थापनको कार्य प्रारम्भ सुरु गरिएको हो ।

जस अनुसार प्रत्येक कार्यदिनको बिहान १० बजेदेखि दैनिक पेसी सूचीको माध्यमबाट पेसीमा चढ्ने (पुरक पेसी) मुद्दा/निवेदनहरुको सुनुवाइ हुने व्यवस्था गरिएको छ ।

यसैगरी अतिरिक्त समयमा हुने सुनुवाईको लागि पुरक पेसीको छुट्टै पेसी सूची प्रकाशन गर्ने र नियमित समयमा सुनुवाई हुने मुद्दाको पेसी सूची नियमित समयमा प्रकाशन गर्ने, पुरक पेसीमा रहेका मुद्दा/निवेदनहरुको सुनुवाई विहान ११ः३० बजेसम्म गर्ने र त्यसपछि नियमित पेसी सूचीमा रहेका मुद्दा/रिटहरुको सुनुवाई ११ः३० बजेदेखि गर्ने व्यवस्था गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

यसका लागि नियमित इजलासको र कार्यालय समय विस्तार समेत गरिएको छ ।

यसबाट अदालतमा पुराना मुद्दाहरुको छिटो छरितो फछर्यौट र न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतकि योजनाको पुराना मुद्दाहरुको फर्छयौट सम्बन्धी लक्ष्यलाई दृष्टिगत गरी पुराना मुद्दाहरुको छिटो किनारा लगाउन त्यस्ता मुद्दाहरुलाई पुरक रुपमा पेसीमा राखी फछर्यौट गर्ने सम्मको तयारी भएको छ ।

यसरी दुई चरणमा पेशीको व्यवस्थापन गर्दा मुद्दा फछर्यौटमा उत्साहजनक उपलब्धी देखिएको सर्वोच्चले जनाएको छ ।

यसरी दुई चरणमा पेस व्यवस्थापन गर्दा विगतमा नियमित मुद्दामा पर्न गएको असरलाई न्यूनिकरण गरी मुद्दाको फछर्यौट गर्न सहज हुने देखिएको छ ।

सर्वोच्च अदालतले यसको प्रभावकारी कार्यान्वयनका लागि महान्यायाधिवक्ताको कार्यालय, नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएशन, मिडिया लगायतका सबै सरोकारवाला निकायको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरेको जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ५ : ५७ बजे

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका