गभर्नर डा.नेपालद्वारा सिभिल बैंकको धार्चे शाखाको उद्घाटन | Khabarhub Khabarhub

गभर्नर डा.नेपालद्वारा सिभिल बैंकको धार्चे शाखाको उद्घाटन


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले गोरखाको धार्चे गाउँपालिकास्थित माछीखोलामा सिभिल बैंक लिमिटेडको धार्चे शाखाको उद्घाटन गरेका छन् ।

२०७६ माघ १७ गते एक समारोहका बीच शाखा उद्घाटन गर्दै गभर्नर डा.नेपालले मुलुकका सबै ठाउँमा बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने उल्लेख गर्दै मुलुकका दुर्गम स्थानसम्म वित्तीय पहुँच पुर्‍ याउने लक्ष्यलाई सहयोग पुग्नेगरी राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको जानकारी दिए ।

मुलुकका ७५३ वटै स्थानीय तहमा वित्तीय पहुँच पुर्‍याउने राष्ट्र बैंकको नीतिगत अभियानमा सिभिल बैंकको धार्चे शाखाले अर्को ईंटा थपेको उल्लेख गर्दै उनले भने, “सिभिल बैंकले गोरखाको विकट ठाउँमा वित्तीय सेवा विस्तार गरेकोमा म एकदमै खुशी छु ।” यसरी ग्रामीण भेगमा बैंकको शाखा विस्तारले वित्तीय पहुँच र वित्तीय साक्षरता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्नेको गभर्नर डा.नेपालले बताए । “वित्तीय सेवाको पहुँच यसरी नै विस्तार हुँदै जाँदा त्यसले मुलुकको आर्थिक समृद्धिको दिशा तर्फ उन्मुख गराउनेछ ।”

उद्घाटन समारोहमा धार्चे गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङले धार्चे जस्तो दुर्गम ठाउँमा सिभिल बैंकले शाखा स्थापना गरेकोमा खुशी व्यक्त गर्दै उक्त शाखाले धार्चे गाउँपालिकाका जनताको घरदैलोसम्म वित्तीय सेवा उपलब्ध गराइ स्थानीय जनतामा उद्यमशीलताको विकास र जीवनस्तर उकास्नमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले धार्चे शाखाले यस क्षेत्रमा प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराई उद्यम, व्यवसायको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै उनले भने ग्रामीण अर्थतन्त्र उकास्नका निम्ति कृषि, पशुपालन, पर्यटन लगायतका क्षेत्रमा लगानी बढाउँदै ‘समृद्घ धार्चे’ को सपना साकार बनाउने लक्ष्यका साथ सहकार्य गरेर अघि बढ्ने छ ।

उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मी, गभर्नरको कार्यालयका निर्देशक गोविन्दप्रसाद नागिला, धार्चे गाउँपालिकाका प्रशासकीय अधिकृत विश्वविजय शर्मा लगायत स्थानीय राजनीतिकर्मी, उद्योगी, व्यवसायी लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।
सिभिल बैंकमा हालसम्म ४ लाख १५ हजारभन्दा बढी ग्राहकहरु आबद्ध छन् । यस बैंकले ५२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ५० अर्ब भन्दा बढी कर्जा लगानी गरेको छ । धार्चे शाखाको स्थापना सँगै सिभिल बैंकको गण्डकी प्रदेशमा १२ सहित नेपाल भर कुल शाखा संख्या १०३ पुगेको छ ।

गोरखाको बारपाकमा वित्तीय साक्षरता कार्यक्रम

सिभिल बैंक लिमिटेडले गोरखाको सुलिकोट गाउँपालिकास्थित बारपाकमा २०७६ माघ १८ गते वित्तीय साक्षरता कार्यक्रम आयोजना ग¥यो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालको प्रमुख आतिथ्यमा बैंकले उक्त कार्यक्रम आयोजना गरेको हो ।

सो अवसरमा गभर्नर डा.नेपालले सिभिल बैंकले आफ्नो शाखा नै नभएको बारपाकमा समेत वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिँदै उक्त कार्यक्रमले बारपाकका जनतामा वचत गर्ने बानी र उद्यमशीलताको विकास गरी जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंक तथा वित्तीय संस्थाले आफ्नो ग्राहक तथा जनसाधारणलाई उपलब्ध गराउने विभिन्न किसिमका बचत, ऋण (कर्जा) तथा बैंकिङ सेवा÷सुविधाका बारेमा जानकारी दिए।

नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले नागरिकमा औपचारिक साक्षरतासँगै वित्तीय साक्षरताको पनि आवश्यकता पर्नेमा जोड दिए । सो अवसरमा गभर्नरको कार्यालयका निर्देशक गोविन्दप्रसाद नागिलाले फजुल खर्चहरु घटाइ बचत गर्ने बानीको विकासले समृद्धित तर्फ उन्मुर्ख गराउने विचार व्यक्त गरे ।

कार्यक्रममा सुलिकोट गाउँपालिका वडा नं २ का अध्यक्ष लालबहादुर गुरुङले बारपाकमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिदिनुभएकोमा कृतज्ञता प्रकट गर्दै यस कार्यक्रमले बारपाकका जनतालाई वित्तीय सेवातर्फ आकर्षण बढाउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ५ : ४२ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको