नेपालको छैटौं विकेट गुम्यो, विनोद भण्डारी २६ रनमा आउट | Khabarhub Khabarhub

नेपालको छैटौं विकेट गुम्यो, विनोद भण्डारी २६ रनमा आउट


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप लिग २ मा ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालको छैटौं विकेट गुमेको छ ।

नेपालले ३३.१ ओभरमा छैटौं विकेटको रुपमा विनोद भण्डारीलाई गुमाएको छ । विनोदले २५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै नेपालका लागि २६ रनको योगदान गरे ।

छैटौं विकेट गुमाउँदासम्म नेपालले १ सय १६ रनको योगफल तयार गरेको छ ।

ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको नेपाललले शुरुवाती क्षणमै महत्वपूर्ण २ विकेट गुमाएको थियो ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल ६ ओभर खेलेर १ रन मात्रै बनाएर आउट भए भने पारश खड्का १४ बलमा ३ रन मात्रै बनाएर आउट भए ।

त्यसपछि मैदान आएका दीपेन्द्रसिंह ऐर र शरद भेषवाकरले ब्याटिङ लाइन सम्हाल्दै ६२ साझेदारी गरेका थिए । तर, उपकप्तान ऐरी पनि २०.३ ओभरमा ३६ रन बनाउँदै आउट भए ।

उपकप्तान ऐरी आउट भएसँगै नेपालले २३.१ र २३.२ ओभरमा क्रमश चौथो र पाँचौं विकेट गुमाएयो । र २३.१ ओभरमा आरिफ शेख र २३.२ ओभरमा रोहित पौडेल आउट भए ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ३ : ३४ बजे

अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा– पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत

सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे

भरतपुर– चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनवमी पर्वमा दुई

पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी

म्याग्दी– गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटकको

मनकामना केबलकार शुक्रबार बन्द हुने

नारायणगढ– मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने