टेलिकमका कर्मचारीलाई सञ्चारमन्त्रीको चेतावनी : राजनीति गर्ने भए पार्टी कार्यालय जानुहोस् | Khabarhub Khabarhub

टेलिकमका कर्मचारीलाई सञ्चारमन्त्रीको चेतावनी : राजनीति गर्ने भए पार्टी कार्यालय जानुहोस्


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल टेलिकमका कर्मचारीलाई राजनीति नगर्न चेतावनी दिएका छन् ।

टेलिकमको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले कार्यालयमा बसेर हाजिर नगर्न कर्मचारीहरुलाई चेतावनी दिए ।

‘धेरै प्राविधिक र इन्जिनियरहरु विकट पहाड पुगेर टावर ठड्याउनुहुन्छ, उहाँहरुलाई धन्यवाद छ, बधाई छ,’ मन्त्री बाँस्कोटाले भने, ‘केही कर्मचारीहरु भने यहाँ कार्यालयमा बसेर राजनीति गर्नुहुन्छ । यहाँ राजनीति नगर्नुहोस्, राजनीति नै गर्ने भए पार्टी कार्यालयमा जानुहोस् ।’

मन्त्री बास्कोटाले टेलिकमलाई सरकारले आफ्नै सन्तानसरह माया गरेको पनि बताए । ‘टेलिमक एक फुलवारी हो । यसलाई गोडमेल आवश्यक पर्छ,’ मन्त्री बाँस्कोटाले भने ।

मन्त्री बाँस्कोटाले कम्पनीलाई माया गरेपछि सबै कर्मचारीको तलब बढ्ने उल्लेख गर्दै कामप्रति बफादार हुन पनि कर्मचारीसँग आग्रह गरे ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १ : ४२ बजे

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका

शिक्षामन्त्री सुमनाले बूढानीलकण्ठको सूचना सुनाएपछि…

काठमाडौं- शिक्षामन्त्रीको जिम्मेवारीमा जनताले युवा एवं उर्जाशील व्यक्तिलाई पाएका छन्

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने