‘सारङ्गी साँझ’लाई लिएर सामाजिक सञ्जालमा चर्चा– रोम जलिरहँदा निरो पनि बाँसुरी बजाइरहेका थिए ! | Khabarhub Khabarhub

‘सारङ्गी साँझ’लाई लिएर सामाजिक सञ्जालमा चर्चा– रोम जलिरहँदा निरो पनि बाँसुरी बजाइरहेका थिए !


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार(हिजो) साँझबाट सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल बनेको छ । तस्वीर कुन हो भन्ने तपाईंले पनि भेउ पाउनु भयो होला ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले दयाँबायाँ नेकपाका दुई नेतालाई राखेर आफूले बाँसुरी बजाएको र दुई नेताले सारङ्गी रेटेको तस्वीर यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

सोमबार बालुवाटारमा आयोजना भएको ‘सारङ्गी साँझ’ कार्यक्रमको एक तस्वीर भाइरल बनेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित नेपाली मौलिक बाजा र धुनहरुको ‘सारङ्गी साँझ’ मा प्रधानमन्त्री, मन्त्रीहरु, नेकपाका सचिवालयका नेताहरु सहभागी भएका थिए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सारङ्गी र बाँसुरी बजाएको कला प्रतिष्ठानका महासचिव डा देवी नेपालले जानकारी दिए । ‘‘पहिले उहाँले एक्लै सारङ्गी बजाउनुभएको थियो’, डा नेपालले भने, ‘‘त्यसपछि पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सारङ्गी र प्रधानमन्त्री ओलीले बाँसुरी बजाउनुभएको थियो ।’

डा.नेपालले प्रधानमन्त्री, मन्त्रीगणलाई मौलिक बाजा र धुनको संरक्षण गर्नुपर्दछ भन्ने सन्देश दिनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए । पूर्वको लिम्बू जातिको पालमदेखि सुदूरपश्चिम प्रदेशको देउडासम्मकोे १० प्रकारका धुन सो अवसरमा बजाइएको थियो ।

सामाजिक सञ्जालमा सोमबार साँझबाट भाइरल बनेको उक्त तस्वीरलाईं धेरैले विरलै देखिने तस्वीरको रुपमा व्याख्या गरेका छन् । भने कतिपयले यसको आलोचनासमेत गरेका छन् ।

पूर्व माओवादी खै ?

सामाजिक सञ्जालमा ओली बाँसुरी तथा खनाल र नेपालले सारङ्गी बजाएको तस्वीरमा पूर्व माओवादी खेमा नेताहरु किन नभएको भन्दै कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पार्टी एकताका विषयमा समेत प्रश्न गरेका छन् । मञ्चमा पूर्व एमाले नेताहरुमात्र देखिएको उनीहरुको भनाइ छ ।

प्रचण्ड उपत्यका बाहिर रहेका कारण कार्यक्रममा सहभागी नभएको जनाइएको छ ।

कतिपयले बालुवाटार दैनिक मोजमज्जामा लागेको आरोप समेत लगाएका छन् । अघिल्ला दिन नेकपाका केन्द्रीय नेतालाई भोज खुवाइएको बालुवाटारमा भोलिपल्ट बाँसुरी बजाइएको भन्दै आलोचना गर्नेहरु पनि छन् । देश विकास भन्दा प्रधानमन्त्री, मन्त्री र नेताहरु रमाइलोमा लागेको उनीहरुको आरोप छ ।

सम्राट निरोसँगको तुलना

सामाजिक सञ्जालमा आलोचकहरुले भने प्रधानमन्त्री ओलील र नेकपाका नेताहरुलाई तत्कालीन रोमका सम्राट(राज) निरोसँग तुलनासमेत गरेका छन् ।

‘रोम सहर जल्दा नि साम्राट निरो बाँसुरीको धुनमा मग्न थिए, रोम जलिरह्यो उनी बाँसुरी बजाइरहे’ सँग उक्त तस्वीरलाई केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले तुलना गरेका छन् ।

को थिए निरो ?

सामाजिक सञ्जालमा धेरैले निरोबारे उल्लेख गरेका छन् । रोम जलिरहँदा निरो बासुरीमा मस्त भएजस्तै नेपालमा विकास निर्माण नहुँदा ध्वस्तको स्थितिमा पुगेको बेलामा बालुवाटारमा शासकहरु भने बाँसुरी बजाउन व्यस्त भएको र यो रोमका सम्राट निरोसँग तुलना योग्य रहेको सामाजिक सञ्जालमा बताउनेको संख्या कम छैन् । आखिर को थिए निरो ? जसको चर्चा अहिले भइरहेको छ ।

मानव सभ्यताको केन्द्र नै मानिसने रोममा निरो सन् १९५४ देखि १९६८ सम्मसम्राट थिए । १९ जुलाई १९६४ का दिन रोमको व्यापारिक क्षेत्रबाट सुरु भएको आगोले चाँडै पूरै रोम नष्ट गरेको थियो ।

रोमका १४ मध्ये १० जिल्लामा ६ दिनसम्म आगो दन्किरह्यो । तीन जिल्ला पूर्णरुपमा सखाप भयो । इतिहासकारहरुका अनुसार रोम जलिरहँदा सम्राट निरो आफ्नो दरबारमा बाँसुरी बजाइरहेका थिए । उनी गीतसंगीतका सौखिन थिए । त्यो विनासकारी आगलागी ६ दिन पछिमात्र नियन्त्रणमा आएको थियो । त्यतिन्जेलसम्म आधाभन्दा बढी रोम जलिसकेको थियो ।

रोममा आगलागी भएर सकिन लागेको उनलाई दरबारमा सूचना पुर्‍याउँदा पनि उनी बाँसुरीको धुनमा मस्त रहेको बताइने गरिएको छ । तर कतिपयले भने रोममा आगलागी हुँदा उनी शहरमा नै नभएको पनि बताउने गरेका छन् ।

केही इतिहासकारले भने निरोकै योजनामा सहरमा आगो लगाइएको थिए । किनकी उनी रोमलाई पुनर्निमार्ण गर्न चाहन्थे ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ११ : १६ बजे

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक