लिग वानमा पीएसजीको जीत | Khabarhub Khabarhub

लिग वानमा पीएसजीको जीत


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा नान्टनलाई पराजित गर्दै स्पष्ट १५ अंकको अग्रता लिएको छ ।

लिग वान च्याम्पियन पीएसजीले नान्टलाई २–१ गोल अन्तरले पराजित गर्दै तालिकामा फराकिलो अग्रता बनाएको हो ।

मौरो ईकार्डी र थिलो केहरले पीएसजीका लागि एक एक गोल गरे । नान्टका मोसिस सिमोनले एक गोल फर्काए ।

खेलको २९ औं मिनेटमा ईकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएको खेलमा केहरले ५७ औ मिनेटमा पीएसजीको अग्रता दोब्बर बनाए ।

तर नान्टका सिमोनले ६८ औं मिनेटमा एक गोल गर्दै खेलमा फर्किने प्रयास गरे । जीतसँगै पीएसजीले २३ खेलबाट ५८ अंक जोडेको छ । नान्ट ३२ अंक सहित तालिकाको दशौं स्थानमा छ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ७ : ४८ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या