राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरुले गरे उम्मेदवारी दर्ता | Khabarhub Khabarhub

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरुले गरे उम्मेदवारी दर्ता


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

आगामी माघ ९ गते हुने निर्वाचनका लागि नेकपाका मायाप्रसाद शर्मा आचार्य र सुमित्रा बिसीले निर्वाचन अधिकृतको कार्यालय सुर्खेतमा आज मनोनयन दर्ता गरेका हुन् । शर्मा भेरी नगरपालिका ११ जाजरकोट तथा बिसी वीरेन्द्रनगर नगरपालिका ५ सुर्खेत निवासी हुन् ।

शर्माको मनोनयन दर्ता प्रस्तावकमा करवीर शाही र समर्थकमा ठम्मर विष्ट तथा बिसीको मनोनयन दर्ता प्रस्तावकमा कर्णाली प्रदेशसभा सदस्य देवी वली र समर्थकमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया भण्डारीले रहनुभएको निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यले जानकारी दिए ।

सोही निर्वाचनका लागि नेपाली काँग्रेसबाट डिल्लीराम पाठक र गणेशकुमारी बस्नेतले मनोनयन दर्ता गरेका छन् । पाठकको मनोनयन दर्ता प्रस्तावकमा बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभाकुमारी शर्मा र समर्थकमा पञ्चपुरी नगरपालिका सुर्खेतका प्रमुख उपेन्द्र थापा तथा बस्नेतको मनोनयन दर्ता प्रस्तावकमा कर्णाली प्रदेशसभा सदस्य यज्ञबहादुर बिसी र समर्थकमा गुर्भाकोट नगरपालिका सुर्खेतका प्रमुख हस्तबहादुर पुन रहेको निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ ।

दुवै पार्टीका उम्मेदवारले आआफ्नो जीत सुनिश्चित भएको घोषणा गरेका छन् । नेकपाका उम्मेदवार शर्माले देश, जनता र परिवर्तित व्यवस्था कार्यान्वयनका लागि उम्मेदवारी दिएको जनाउँदै जीत सुनिश्चित रहेको बताए । त्यस्तै नेत्री बिसीले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली जनता’को लक्ष्य पूरा गर्न र महिला तथा उत्पीडित वर्गको न्यायको खातिर आफूले उम्मेदवारी दिएको बताए ।

काँग्रेसका उम्मेदवार पाठक र बस्नेत दुवैले सरकारको ‘मनपरीतन्त्र’का विरुद्ध आफूले उम्मेदवारी दिएको भन्दै आआफ्नो जीत सुनिश्चित रहेको जिकिर गरे ।

निर्वाचनका लागि कर्णाली प्रदेशका स्थानीय तहअन्तर्गत ५४ गाउँपालिकाका १०८ अध्यक्ष र उपाध्यक्ष, २५ नगरपालिकाका ५० प्रमुख र उपप्रमुख तथा ४० कर्णाली प्रदेशसभा सदस्य गरी जम्मा १९८ मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

डोटी– राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट नेकपा र काङ्ग्रेसका उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । आज गरिएको उम्मेदवारी दर्तामा नेकपाका तर्फबाट अछामका तारामान स्वाँर र कैलालीकी शारदा भट्ट तथा कांग्रेसबाट कैलालीकै तुलसी देवकोटा तथा बैतडीका प्रताप ठगुन्नाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए । जिल्लामा रहेका अन्य दलले भने उम्मेदवारी दर्ता गराएनन् ।

राष्ट्रियसभामा रिक्त हुन लागेका कुल १८ सदस्य पदमध्ये सुदूरपश्चिम प्रदेशमा दुई सदस्यका लागि निर्वाचन हुन लागेको हो । सुदूरपश्चिमका प्रदेशसभा सदस्य ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष १७६ गरी कुल २२९ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत काफ्लेले जानकारी दिए ।

राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट रिक्त दुई पदमध्ये एक महिला तथा एक पुरुष रहेको मुख्य निर्वाचन आयोगको कार्यालय सुदूरपश्चिम प्रदेश डोटीले जनाएको छ । निर्वाचन जिल्लाको पद्मपब्लिक मुक्तिनारायण माविमा हुने भएको छ ।

दुई मतदान केन्द्र रहेको निर्वाचनमा सोही स्थानमा ‘क’ र ‘ख’ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । राष्ट्रियसभा निर्वाचन गराउने कार्यतालिकानुसार आज पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन अधिकृतको कार्यालयले डोटीले जनाएको छ ।

दाङ–राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश नम्बर नं ५ मा उम्मेदवारले आज घोराहीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।

सोअनुसार नेकपा प्रदेश नम्बर ५ बाट अपाङ्ग तथा अल्पसङ्ख्यकबाट जगप्रसाद शर्मा (अपाङ्ग), महिलातर्फबाट विमला घिमिरे र अन्यबाट गोपाल भट्टराईले मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

त्यस्तै काँग्रेसबाट प्रदेश नम्बर ५ मा अपाङ्गता तथा अल्पसङ्ख्यकबाट मेराज हलवाई, महिलाबाट गिरिजा न्यौपाने र अन्यबाट बालकृष्ण पाण्डेले मनोनयन दर्ता गराए हो । त्यसैगरी समाजवादी पार्टीबाट बाँकेका सुनिल सिघल र बर्दियाका कृष्णप्रसाद यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै राष्ट्रिय जनमोर्चाबाट कपिलवस्तुका शिव पौडेलले उम्मेदवारी दर्ता गराए ।

राष्ट्रियसभा सदस्यमा रिक्त हुन लागेका १८ सदस्यमध्ये प्रदेश नं ५ मा तीन पदका लागि निर्वाचन हुन लागेको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिए। प्रदेश ५ मा कुल ३०५ मतदाता छन् जसमा प्रदेशसभाका सदस्य ८७ तथा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जना छन् । मनोनयन दर्ता गराउन उम्मेदवारहरु आआफ्ना नेता तथा कार्यकर्तासँग मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

पोखरा– गण्डकी प्रदेशमा कांग्रेसका सूर्यप्रसाद रेग्मी र विमला गौचनले आज उम्मेदवारी दर्ता गराए । पार्टीका नेता तथा कार्यकर्तासहित पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी उनीरूले उम्मेदवारी दर्ता गराए ।

रेग्मीको उम्मेदवारीमा गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लले प्रस्ताव गरेका छन् भने भीरकोट नगरपालिका स्याङ्जाका प्रमुख छायाराम पौडेलले समर्थन गरेका छन् ।

त्यस्तै गौचनको उम्मेदवारीमा जलजला गाउँपालिका पर्वतका उपाध्यक्ष सीमा गर्बुजा पुनले प्रस्ताव गरेका छन् भने भने भीरकोट नगरपालिकाका उपप्रमुख सीमा कर्माचार्यले समर्थन गरेकी छिन् । यसअघि नेकपाका तर्फबाट गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेले उम्मेदवारी दर्ता गराएका थिए । राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ९ गते हुँदैछ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ५ : १७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन