नबिल बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता | Khabarhub Khabarhub

नबिल बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नबिल बैंक र भारतीय निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ‘आईसीआईसीआई बैंक’ बीच एक समझदारीपत्रमा हस्तारक्षर (एमओयू) भएको छ ।

यो सम्झौताले दुई संस्थाबीच सहकार्य तथा व्यापार, विप्रेषण (रेमिट्यान्स), ट्रेजरी (कोष) लगायत विद्यमान विविध व्यवसायिक सम्बन्धलाई थप बलियो बनाउन फ्रेमवर्क (ढाँचा) सिर्जना गर्नेछ ।

नबिल बैंकका सिईओ अनिल केशरी शाह र आईसीआईसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुप प्रमुख रञ्जु सिगटियाले काठमाडौं स्थित नबिल बैंकको केन्द्रीय कार्यालयमा यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे ।

यो सम्झौतापछि दुई बैंकले आफ्ना ग्राहकको व्यापार तथा ट्रेजरी आवश्यकतामा निर्वाध सहयोग गर्न एक आपसमा निकट सहकार्यका साथ काम गर्नेछन् ।

नबिल बैंकले नेपालमा बलियो बजार पहुच बनाएको छ भने आईसीआईसीआई बैंकले बैंकिङ तथा फ्रान्चाइज विस्तार ९भारतभरका साथै केही प्रमुख विश्व बजार मा विशिष्टता हासिल गरेको छ ।

यस कारण दुबै बैंक यस एमओयू मार्फत सहकार्यका लागि एकसाथ हुदा हासिल ‘जोइन्ट स्ट्रेन्थ’ ९संयुक्त शक्ति० को प्रभावकारी रुपमा लाभ उठाउन यस सम्झौताले दुबै बैंकलाई सक्षम बनाउनेछ ।

अनिल केशरी शाहले भने, ‘आईसीआईसीआई बैंकसँग साझेदारी गर्न पाउदा हामीलाई गर्व लागेको छ । यो एमओयूले नबिल बैंक र आईसीआईसीआई बैंकबीच नलेज शेयरिङ र नेटवर्क सञ्जाललाई थप बलियो बनाउन प्लेटफर्म सिर्जना गर्नेछ, खासगरी भारतसँग व्यापार गरिरहेका हाम्रा ग्राहकलाई यसबाट लाभ मिल्नेछ ।’

साझेदारीका सम्बन्धमा रञ्जु सिगटियाले भारतसँग नेपालको व्यापार तथा लगानी करिडोर बलियो र बढ्दो क्रममा रहेको बताइन् ।

आईसीआईसीआइ बैंकले साझेदार बैंकहरुसँग उनीहरुका नेपाली ग्राहकलाई आइसीआइसीआई बैंकको उपस्थिती भएका भारत तथा अन्य मुलुकका स्थानहरुसम्म जोड्न सक्रिय रुपमा काम गरिरहेको उनको भनाई छ । उनले बढ्दो भारत–नेपाल आर्थिक करिडोरमा हाम्रो सहभागिता निरन्तर बढाउने प्रतिवद्धताअनुरुप यो सम्झौतापत्रमा हस्ताक्षर गर्न पाउँदा खुसी लागेको बताइन् ।

नबिल बैंक निजी क्षेत्रद्वारा संचालित नेपालको अग्रणी वाणिज्य बैंक हो । देशभर यसका ९७ शाखा कार्यालय र १४३ एटीएम काउन्टरहरु रहेका छन् ।

नेपाली बैंकिङ्ग क्षेत्रमा थुप्रै नवप्रवर्तनात्मक (इनोभेटिभ) प्रोडक्ट तथा मार्केटिङ अवधारणा थालनी गर्ने सवालमा पायोनियर नबिल बैंकले नेपालको बैंकिङ इतिहासमा एउटा ‘माइलस्टोन’को प्रतिनिधित्व गर्छ जसले ग्राहकको सन्तुष्टि नै व्यवसायको मुख्य उद्देश्य मान्ने आधुनिक बैंकिङ्गको युग शुरु गर्यो ।

सेप्टेम्बर ३०, २०१९ सम्मको अवस्थामा आईसीआईसीआई बैंकले भारतमा ५२२८ शाखा तथा १५१५९ एटीएम काउन्टरहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र फोन बैंकिङ लगायत मल्टि–च्यानल डेलिभरी नेटवर्कमार्फत ठूलो संख्यामा रहेका आफ्ना ग्राहक ९कस्टुमर बेस०लाई सेवा दिदै आएको छ ।

आईसीआईसीआई बैंक लिमिटेड (बीएसईः आईसीआईसीआईसीआई बैंक, इनएसईः आईसीआईसीआईसीआई बैंक, एनवाईएसईः आईबीएन) भारतको अग्रणी निजीक्षेत्रको बैंक हो । गत सेप्टेम्बर ३०, २०१९ सम्ममा यसको कुल सम्पत्ति १२,८८, १९० करोड भारतीय रुपैयांबराबरको छ ।

यस बैंकका सहायक कम्पनीहरुमा भारतीय निजीक्षेत्रका अग्रणी इन्स्योरेन्स (बीमा), एसेट म्यानेजमेन्ट (सम्पत्ति व्यवस्थापन) र सेक्युरिटिज ब्रोकरेज (धितोपत्र दलाल) कम्पनीहरुका साथै देशकै सबैभन्दा ठूलो प्राइभेट इक्विटी फर्म रहेका छन् । भारतका साथै १५ देशमा यसको उपस्थिती रहेको छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ५ : ०० बजे

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन