नेपालमा ५३ प्रतिशत दम्पतीले प्रयोग गर्छन् परिवार नियोजनको साधान | Khabarhub Khabarhub

नेपालमा ५३ प्रतिशत दम्पतीले प्रयोग गर्छन् परिवार नियोजनको साधान


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीमान्‌–श्रीमतिले एक आपसमा सल्लाह गरेर इच्छा अनुसार कहिले र कति समयको अन्तरालमा कति बच्चा पाउने निर्णय गरेर परिवार नियोजनको साधन प्रयोग गर्नु परिवार नियोजन हो ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालका १५ देखि ४९ वर्षका ५३ प्रतिशत विवाहित महिलाहरुले परिवार नियोजनको साधान प्रयोग गर्ने गरेका छन् । परिवार नियोजनको साधान प्रयोग गर्नेमध्ये ४३ प्रतिशत महिलाहरु आधुनिक साधान तथा सेवा लिने गरेका छन् भने १० प्रतिशत महिलाहरु परम्परागत विधिको प्रयोग गर्दै आएका छन् ।

नेपालमा प्रयोग हुने परिवार नियोजनको साधान महिला बन्ध्याकरण, ३ महिने सुई, पुरुष बन्ध्याकरण, खाने चक्की, कण्डम, इम्प्लान्ट र आईयूसीडी हुन् । यी मध्ये सबैभन्दा धेरै प्रयोग महिला बन्ध्याकरण छ भने सबैभन्दा कम प्रयोग आईयूसीडीको प्रयोग रहेको छ ।

परिवार नियोजनको आधुनिक साधान प्रयोग गर्नेमध्ये १५ प्रतिशतले महिला बन्ध्याकरण, ९ प्रतिशतले ३ महिने सुई, ६ प्रतिशतले पुरुष बन्ध्याकरण, ५ प्रतिशतले खानेचक्की, ३ प्रतिशतले इम्प्लान्ट र १ प्रतिशतले आईयूसीडीको प्रयोग गर्ने गरेको स्वास्थ्य सर्वेक्षणको तथ्यांकमा उल्लेख छ ।

विवाहित महिलाहरुले परिवार नियोजनको कुनै पनि किसिमको साधन तथा सेवाको प्रयोग दर बढ्दै गएको स्वास्थ्य सर्वेक्षणले देखाउँछ । सन् १९९६ मा २९ प्रतिशतले मात्र परिवार नियोजनको साधान प्रयोग गर्ने गरेकोमा सन् २०१६ मा सो दर दुई गुणा बढेर ५३ प्रतिशतमा पुगेको छ ।

यस्तै, परिवार नियोजनको आधुनिक साधान तथा सेवा लिनेमा सन् १९९६ मा २६ प्रतिशत थिए भने सन् २०१६ सम्ममा ४३ प्रतिशले आधुनिक परिवार नियोजनको साधान प्रयोग गरेका छन् । यो दर भने हाल खासै नबढेको अनुसन्धानले देखाउँछ । यस्तै सन् २०१६ सम्ममा परम्परागत विधि अपनाएर परिवार नियोजन गर्नेहरु ३ प्रतिशतबाट बढेर १० प्रतिशतमा पुगेका छन् ।

परिवार नियोजनको साधानको प्रयोग बढ्दै गएपनि अझैसम्म ४७ प्रतिशत विवाहित महिलाहरुले परिवार नियोजनको कुनै पनि साधान प्रयोग नगर्ने गरेको स्वास्थ्य सर्वेक्षणको अनुसन्धानले देखाउँछ ।

परिवार नियोजनको साधान प्रयोगले हुने फाइदाबारे जानकारी र सचेतना नहुँदा अझैपनि धेरै दम्पित्तिले परिवार नियोजनको साधान प्रयोग गर्ने गरेका छैनन् ।

किन आवश्यक छ  परिवार नियोजन ?

इच्छा नभएको गर्भ रोक्न चाहने, महिलाको उमेर कम्तीमा २० वर्ष नपुगुन्जेल पहिलो गर्भलाई रोक्न चाहने, एक बच्चा र अर्को बच्चाको बीचको जन्मान्तर बढाउन चाहने तथा सन्तानको रहर पुगेका दम्पतीका लागि परिवार नियोजनको साधान आवश्यक पर्छ ।

जन्मान्तरको लागि गरिने परिवार नियोजनले लोमो समयसम्म बच्चाले आमाको दुध खान पाउँछन् र बच्चालाई कुपोषण हुनबाट बचाउन सकिन्छ । सन्तानबीचको जन्मान्तरले बच्चाको स्याहार राम्रोसँग हुन पाउँछ । बच्चाको शारीरिक तथा वौद्धिक विकासमा सहयोग पुर्‍याउँछ ।

परिवार नियोजनले मातृ शिशु तथा बाल मृत्युदर घटाउन सहयोग पुग्छ । कम्तिमा २ वर्षको फरकमा बच्चा जन्माउँदा आमा र बच्चा निरोगी हुन्छन् । परिवार नियोजनले अनिच्छित गर्भ रहन दिँदैन । जसले गर्दा गर्भपतन गर्नुपर्ने अवस्था आउँदैन ।

व्यवस्थित परिवार बनाउन सहयोग पुर्‍याउछ । परिवारमा पोषणयुक्त खाना सबैलाई पुग्छ । परिवार नियोजनले धेरै सन्तान जन्मदैनन् । जसले गर्दा कम सन्तान भएमा उनीहरुको लालनपालन र शिक्षा दिन सहज हुन्छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ३ : ५३ बजे

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का