कामना अवार्ड: विपिन र नम्रता उत्कृष्ट, नीर र सन्तुलाई लाइफ​टाइम​ एचिभ​मेन्ट​ अवार्ड​ | Khabarhub Khabarhub

कामना अवार्ड: विपिन र नम्रता उत्कृष्ट, नीर र सन्तुलाई लाइफ​टाइम​ एचिभ​मेन्ट​ अवार्ड​


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘सिजी कामना फिल्म अवार्ड’ को पाँचौ संस्करणमा फिल्म ‘प्रसाद’ उत्कृष्ट फिल्म घोषित भएको छ । साथै यो फिल्मले पाँच विधामा अवार्ड हात पारेको छ ।

फिल्म ‘प्रसाद’ बाट विपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारे भने नम्रता श्रेष्ठले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भएको अवार्ड समारोहमा चर्चित कलाकारको बाक्लो उपस्थित थियो । तर, उत्कृष्ट अभिनेताको उपाधि जितेका विपिन कार्की र उत्कृष्ट अभिनेत्रीको उपाधि जितेकी नम्रता श्रेष्ठ, फिल्मका निर्देशक दिनेश राउत लगायत समारोहमा उपस्थित थिएनन् ।

‘प्रसाद’ ले उत्कृष्ट फिल्म, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री र उत्कृष्ट निर्देशन गरी पाँच विधामा अवार्ड जितेको थियो ।

यस्तै कामना अवार्डमा दयाहाङ राईले फिल्म ‘साइँली’ बाट सह–अभिनेताको अवार्ड जिते भने सह–अभिनेत्रीको अवार्ड फिल्म ‘नाइँ नभन्नू ल ५’ बाट प्रियंका कार्कीले हात पारिन् ।

अवार्ड समारोहको उद्घोषण राजेश हमालले गरेका थिए । समारोहमा मदनकृष्ण श्रेष्ठ, भुवन केसी, करिश्मा मानन्धर, नीर शाह, दीपाश्री निरौला, रमेश उप्रेती, पूजा शर्मा, पल शाह, गौरी मल्ल, सुहाना थापा, स्वस्तिमा खड्का, लगायत कैयन् सेलिब्रेटीको उपस्थिति थियो ।

अवार्ड समारोहमा कलाकारले प्रस्तुति समेत दिएका थिए । समारोहमा २६ विधामा अवार्ड प्रदान गरियो भने वरिष्ठ कलाकार नीर शाह र प्राविधिक सन्तु तामाङलाई ‘लाइफ टाइम अचिभमेन्ट’ सम्मान प्रदान गरियो ।

यस्तो छ अवार्ड विजेताको पूर्ण सूची:

उत्कृष्ट फिल्म​ : प्र​साद

उत्कृष्ट निर्देश​क : दिनेश​ राउत​ (प्र​साद​)

उत्कृष्ट अभिनेता : विपिन​ कार्की (प्र​साद​)

उत्कृष्ट अभिनेत्री : न​म्र​ता श्रेष्ठ​ (प्र​साद​)

काम​ना प​ब्लिक च्वाइस​ अवार्ड​ : स्व​स्तिमा ख​ड्का

स​ह​-अभिनेता : द​याहाङ राई (साइँली)

स​ह​-अभिनेत्री : प्रियंका कार्की (नाईं न​भ​नू ल​ ५)

डेब्यू नाय​क : उमेश​ थापा (बोबी)

डेब्यू नायिका : सुहाना थापा (ए मेरो ह​जुर ३)

सिजी क्रिटिक्स​ अवार्ड​ थिएट​र : सिर्ज​ना सुब्बा

सिजी क्रिटिक्स​ अवार्ड​ फेश​न​ : ज्ञानी शोभा तुलाधार​

सिजी क्रिटिक्स​ अवार्ड​ संगीत​ : न्ह्यु ब​ज्राचार्य​

काम​ना जुरी अवार्ड​ : ह​री

उत्कृष्ट कथाकार : ख​गेन्द्र​ लामिछाने (ड​म​रुको ड​ण्डीबियो)

उत्कृष्ट डेब्यू निर्देश​क : छेतेन​ गुरुङ (ड​म​रुको ड​ण्डीबियो)

उत्कृष्ट ख​ल​पात्र​ : प्र​मोढ​ अग्र​ह​री (कथा काठ​माण्डु)

उत्कृष्ट स​म्पाद​क : निमेष​ श्रेष्ठ​ (ड​म​रुको ड​ण्डीबियो)

उत्कृष्ट प​ट​कथा​ : शुशिल​ पौडेल​ (प्र​साद​)

उत्कृष्ट संवाद : दीप​कराज​ गिरी (छ​क्का प​ञ्जा ३)

उत्कृष्ट हास्य​ कलाकार​ : केदार​ घिमिरे (छ​क्का प​ञ्जा ३)

उत्कृष्ट बाल​कलाकार​ : सेड्रिना श​र्मा (नाईं न​भ​नू ल​ ५)

उत्कृष्ट कोरियोग्राफ​र​ : कविराज​ ग​ह​त​राज​ (छ​क्का प​ञ्जा ३)

उत्कृष्ट द्व​न्द्व​ निर्देश​क ​: शुक्र​राज​ शाह​ (भिलेन​)

उत्कृष्ट पार्श्वसंगीत​ : एलिश​ कार्की (ड​म​रुको ड​ण्डीबियो)

उत्कृष्ट संगीत​कार​ : ब​स​न्त​ साप​कोटा (नाई न​भ​नु ल​ ५)

उत्कृष्ट गीत​कार​ : दिनेश​ थ​प​लिया – तिम्रो आँखामा (नाईं नभन्नू ल​ ५)

उत्कृष्ट गाय​क : हेम​न्त​ राना म​ग​र​ (साइँली)

उत्कृष्ट गायिका : अञ्जु प​न्त​ – सँग​सँगै (बाँध​ मायाले)

उत्कृष्ट सिनेमाटोग्राफ​र​ : पुरुषोत्त​म​ प्र​धान​ (नाईं न​भ​न्नू ल​ ५)

उत्कृष्ट ध्व​नि मिश्र​ण​ : सुन​य​मान​ श्रेष्ठ​ (छ​क्का प​ञ्जा ३)

उत्कृष्ट श्र​ङ्गार​ : श्याम​ लामा (च​क्कर​)

लाइफ​टाइम​ एचिभ​मेन्ट​ अवार्ड​ (कला) : नीर​ शाह​

लाइफ​टाइम​ एचिभ​मेन्ट​ अवार्ड​ (प्राविधिक) : स​न्तु तामाङ​

 

तस्वीरहरु: आर्यन बिमली

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १२ : ५१ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही