सपनाको अभियानमा सरकारले साथ दिने अर्थमन्त्री पौडेलको प्रतिवद्धता | Khabarhub Khabarhub

सपनाको अभियानमा सरकारले साथ दिने अर्थमन्त्री पौडेलको प्रतिवद्धता


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समाजसेवी सपना मगरलाई भेटेर बधाई दिएका छन्।

शुक्रबार अर्थमन्त्रालयमा अर्थमन्त्री पौडेलले समाजसेवी सपना मगरसँग भेट गर्दै बीबीसी १ सय जना प्रभावशाली महिलामा परेकोमा बधाई दिएका हुन्।

उनले व्यक्तिगत स्तरबाट समाज सेवा गरेको भन्दै उनको प्रसंसा गरे। अर्थमन्त्री पौडेललाई समाजसेवी मगरले बेवारिसे व्यक्तिहरु र बेवारिसे भएका लासको व्यवस्थापनमा सरकारको सहयोगको अपेक्षा रहेको बताए।

समाजसेवी मगरको माग सुनेपछि अर्थमन्त्री पौडेलले बेवारिसे लास व्यवस्थापनमा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। साथै सपना मगर जस्तो प्रेरणादायी समाजसेवीलाई भेटन पाउँदा खुशी लागेको पनि बताए।

सपनालाई बीबीसीले संसारका १ सय जना प्रभावशाली महिलाको सूचीमा पारेपछि उनको कामको प्रसंसा देश/विदेशमा समेत भएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  १० : १५ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार