सभापति देउवाद्वारा पूर्वगृहमन्त्री स्वाँरको निधनप्रति दुःख व्यक्त | Khabarhub Khabarhub

सभापति देउवाद्वारा पूर्वगृहमन्त्री स्वाँरको निधनप्रति दुःख व्यक्त


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकेन्द्रीय आमन्त्रित सदस्य एवं पूर्वगृहमन्त्री नयनबहादुर स्वाँरको निधनप्रति दुःख व्यक्त गरेका छन्।

पूर्वगृहमन्त्री स्वाँरको यही मङ्सिर १७ गते काठमाडौंमा ९४ वर्षको उमेरमा निधन भएको हो।

सभापति देउवाले आज शोक वक्तव्यमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन्।

वि.सं. १९८४ मङ्सिर ९ गते जन्मिएका स्वाँरले २००६ सालमा सर्वमान्य नेता गणेशमान सिंहबाट नेपाली राष्ट्रिय काँग्रेसको सदस्यता लिएका थिए। स्व स्वाँरका चार छोरी र दुई छोरा छन्।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ८ : ११ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६