देशभर २४ घण्टामा १२७२ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) | Khabarhub Khabarhub

देशभर २४ घण्टामा १२७२ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १२७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ ।

काठमाडौँ उपत्यकामा थपिए ६०६ स‌क्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४७ महिला र ३५९ पुरुष गरी ६०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै उपत्यकामा मात्र कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ५४६ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४४० , ललितपुरमा १२५ र भक्तपुरमा ४१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आईसीयू र भेन्टिलेटरमा ३८२ संक्रमित 

मन्त्रालयका अनुसार देशभर ३८२ कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ५४ जना भेन्टिलेटरमा र ३२८ संक्रमित आईसीयूमा उपचाररत छन्।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२२ रहेको छ भने ३१ जना भेन्टिलेटर छन् ।

लुम्बिनी प्रदेशमा ७५ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा २६ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा छन् ।

यस्तै प्रदेश २ मा ८ जना आईसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ७ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८१ आईसीयू र ९ जना भेन्टिलेटरमा छन्र ।   कर्णाली प्रदेशमा ९ आईसीयूमा रहेको मन्त्रालयले जनाएको छ ।

थप १५७५ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १५७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २१ हजार ८४७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

थप १६ संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५६७ पुगेको छ ।

२४ घण्टामा कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ८, उदयपुरमा ३, ओखलढुंगामा १, खोटाङमा १, झापामा ३०, ताप्लेजुङमा १, तेह्रथुममा १, धनकुटामा २, मोरङमा ६१, संखुवासभामा ३ र सुनसरीमा ३६ जना कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी प्रदेश २ को धुनषामा १३, पर्सामा १, बारामा ५, महोत्तरीमा १, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा ४ र सिरहामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय ४० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १९, चितवनमा २९, दोलखामा १०, धादिङमा ५, नुवाकोटमा २, भक्तपुरमा ४१, मकवानपुरमा १२, रामेछापमा २, ललितपुरमा १२५, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा ७ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेशको कास्कीमा ७९, गोरखामा ७, तनहुँमा ३, नवलपरासी पूर्वमा २८, पर्वतमा १, म्याग्दीमा ९, लमजुङमा २, बागलुङमा ३ र स्याङजामा ११ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा १, गुल्मीमा २१, दाङमा २१, नलवपरासीमा ९, पाल्पामा १९, प्यूठानमा ५, बर्दियामा ७, बाँकेमा ३०, रोल्पामा १ र रुपन्देहीमा ३६ जना कोरोना संक्रमित थपिएका छन् ।

कर्णाली प्रदेशको दैलेखमा २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ४०, कञ्चनपुरमा ७, कैलालीमा २४, डडेल्धुरामा ११, डोटीमा ३, दार्चुलामा ९ र बैतडीमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको विस्तृत विवरण

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ५ : ०९ बजे

सुदूरपश्चिममा समाजवादीकै नेतृत्वमा सरकार बन्छ : राजेन्द्र पाण्डे 

काठमाडौं– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको

डा अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा अन्जान शाक्यलाई राष्ट्रियसभा

तोयम राय महालेखा परीक्षकमा नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई

इलाममा कति बिक्ला बादल र एकनाथको अनुहार ?

काठमाडौं- नेकपा एमालेका सांसद एवं परिवार दलका अध्यक्ष एकनाथ ढकाल

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले आज र