बलात्कार अभियुक्त ६ वर्षपछि पक्राउ | Khabarhub Khabarhub

बलात्कार अभियुक्त ६ वर्षपछि पक्राउ


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– नेपाल प्रहरी एक बलात्कार आरोपीलाई ६ वर्षपछि पक्राउ गर्न सफल भएको छ ।

१४ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका मिक्लाजुङ गाउँपालिका–२ का २५ वर्षीय उत्तम शेर्मालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शेर्मा २०७१ असोज २१ गतेदेखि फरार थिए । सो अभियोगमा उनलाई जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला गरेको छ ।

गाउँमै लुकीछिपी बसेका अवस्थामा शेर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालतको आदेशले कैद भुक्तानीका लागि जिल्ला कारागार चलान गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  २ : १७ बजे

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ