बेलायतमा अनुमति दिइएको कोरोनाको खोपले काम गर्नेमा विश्वस्त छु - डा.फाउची | Khabarhub Khabarhub

बेलायतमा अनुमति दिइएको कोरोनाको खोपले काम गर्नेमा विश्वस्त छु – डा.फाउची


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले आममानिसका लागि कोरोनाको खोप लगाउन बेलायतले दिएको निर्णय सही ठहरिनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

यूकेले हतारोमा कोरोनाभाइरस खोपको प्रयोग अनुमति दिएको भन्ने आफ्नो टिप्पणी सच्च्याउँदै फाउचीले बेलायती प्रक्रियाप्रति आफू पूर्ण विश्वस्त रहेको बताएका हुन् ।

अमेरिकी फाइजर तथा जर्मन बायोएनटेकले विकास गरेको कोरोनाभाइरसविरुद्धको खोपलाई आम प्रयोगको अनुमति दिने बेलायत पहिलो देश बनेको थियो।

उसले निकै द्रुत प्रक्रिया अवलम्बन गरेर अनुमति दिएको थियो।त्यसबारे प्रश्न उठाएको जस्तो लाग्ने टिप्पणी गरेका अमेरिकाका वरिष्ठ सङ्क्रमण रोग विशेषज्ञ एन्थोनी फाउचीले अहिले भने माफी मागेको बीबीसीले जनाएको छ ।

उनले ब्रिटिश मेडकल नियामक निकायप्रति आफ्नो पूर्ण विश्वास रहेको बताउँदै भनेका छन्, ‘मलाई यूकेले वैज्ञानिकरूपमा अनि नियामक प्रक्रियाको बारेमा अपनाउने कार्यप्रति ठूलो भरोसा छ।’

आफूले केवल ब्रिटिश र अमेरिकी प्रणालीमा अनुमति प्रदानसम्बन्धी रहेका भिन्नता मात्र उजागर गर्न खोजेको प्रष्ट्याएका छन् ।

अमेरिकाको नियामक निकाय खाद्य तथा औषधि प्रशासन एफडिएमाथि छिटो खोप अनुमति दिन चर्को दबाब परेको छ। त्यहाँ फाइजर खोपबारे स्वीकृतीको छलफल गर्न एफडिएले डिसेम्बर १० मा बैठक डाकेको छ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ८ : १५ बजे

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत

सूर्य नेपाल ओपन : पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको सातौं प्रतियोगिता,