कोरोनाले मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो | Khabarhub Khabarhub

कोरोनाले मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो

संक्रमितको मृत्युमा दिनदिनै नयाँ रेकर्ड


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ ।

कोरोना संक्रमितको मृत्युमा दिनदिनै नयाँ रेकर्ड कायम भइरहदा ज्यान गुमाउनेको संख्या १५ लाख नाघेको हो ।

शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा  १२ हजार ६४३ संक्रमितको मृत्यु भएको छ । एकैदिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।

यसअघि बिहिबार (१८ मंसिरमा) एकैदिन १२ हजार ३९८ संक्रमितको मृत्यु भएको थियो ।

यो समाचार तयार पार्दासम्म विश्वभर १५ लाख ११ हजार ६७ जनाको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार ४८९ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ६० हजारभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ४१४ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ६० हजार ११३ पुगेको छ ।

जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभर नै मृतकको संख्या बढ्दै गएको छ ।

युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म ५८ हजार ३८ जनाको मृत्यु भएको छ ।

यस्तै फ्रान्समा पनि ५४ हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ ।

संक्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरु जारी गरेका छन्।

संक्रमणले उत्तर अमेरिकी मुलुकहरूमा ४ लाख १९ हजार ७५१ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ३ हजार ७७९ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकी मुलुकहरूमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा २ लाख ८२ हजार ७४८ जनाको मृत्यु भएको छ । संक्रमणले मृत्यु हुनेको यो संख्या विश्वमै पनि सबैभन्दा धेरै हो ।

यस्तै मेक्सिकोमा १ लाख ७ हजार ५६५ जनाको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने देशको सूचीमा मेक्सिको विश्वमै चौथो स्थानमा छ ।

यस्तै एसियाली मुलुकमा २ लाख ९६ हजार ७६४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६१४ जनाको मृत्यु भएको छ ।

एसियामा सबैभन्दा धेरै भारतमा १ लाख ३९ हजार १०२ जनाको मृत्यु भएको छ । मृतकका आधारमा धेरै प्रभावित भएको मुलुकमा भारत विश्वमै तेस्रो स्थानमा छ ।

यस्तै दक्षिण अमेरिकी मुलुकहरूमा ३ लाख २९ हजार २४३ संक्रमितको मृत्यु भएको छ । दक्षिण अमेरिकी महादेशमा सबैभन्दा धेरै ब्राजिलमा १ लाख ७५ हजार ३०७ जनाको मृत्यु भएको छ ।

अफ्रिकी महादेशमा संक्रमणले मृत्यु हुनेको संख्या ५२ हजार ९३१ पुगेको छ । पछिल्लो २४ घण्टामा अफ्रिकी महादेशमा २६१ जनाको मृत्यु भएको छ ।

अफ्रिकी महादेशमा दक्षिण अफ्रिका संक्रमणको सबैभन्दा धेरै चपेटामा परेको छ । त्यहाँ यो समाचार तयार पार्दा २१ हजार ८०३ संक्रमितको मृत्यु भएको छ । यस्तै ओसियानामा १ हजार २० संक्रमितको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष नाघ्दा विश्वभरका २१८ मुलुकमा फैलिएको संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ लाख ६६ हजार ६३० जना संक्रमित भएका छन् ।

योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ८६ लाख ४१ हजार २६० पुगेको छ । यसमध्ये १ लाख ६ हजार ५७५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ६ करोड ५५ लाख ३ हजार ६४५ पुगेको छ । त्यसमध्ये ४ करोड ५३ लाख ५१ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ६ : ५५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन