मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेश जाने राष्ट्रिय टोलीको बिदाइ | Khabarhub Khabarhub

मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेश जाने राष्ट्रिय टोलीको बिदाइ


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली टोलीको आज (बुधबार) बिदाइ गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले बंगलादेशको ढाका जान लागेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखेप सदस्य सचिव सिलवालले भरत खवास र किरण लिम्बूलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरे ।

नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि बिहिबार बंगलादेशतर्फ प्रस्थान गर्नेछ ।

नेपाली टोली बंगलादेशमा एक साता क्‍वारिन्टिनमा बस्‍नेछ । एक साताको क्वारिन्टिन बसाइँपछि खेलाडीको पुनः केरोना परीक्षण गरिने छ ।

नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ र दोस्रो खेल मंसिर २ गतेका लागि तय भएको छ ।

बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि २५ खेलाडी र ७ अफिसियलसहित ३२ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गर्नेछ ।

चोटका कारण रोहित चन्द बंगलादेश जाने टोलीमा छैनन् । यस्तै ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाइएकोमा ८ खेलाडीलाई कोरोना संक्रमण भएपछि उनीहरु पनि टिममा छैनन् र आइसोलेसनमा बसिरहेका छन् ।

नेपाली टिमको मुख्य प्रशिक्षक योहान कालिन हाल आफ्नै देश स्वीडेनमा रहेकोले बंगलादेश विरुद्धको खेलका लागि एन्फाले बालगोपाल महर्जनलाई अन्तरिम प्रशिक्षक बनाएको छ ।

यस्तै किरण श्रेष्ठले उनलाई सघाउनेछन् भने विकास मल्ल गोलकिपिङ प्रशिक्षकको रुपमा छन् ।

बंगलादेश जाने २५ खेलाडी

अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन लोक्तान, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रन्जित धिमाल, रवि पासवाल, सरोज दाहाल, सेसेहाङ आङदम्बे, सुबास गुरुङ, सुजन श्रेष्ठ, सुमल अर्याल, तेज तामाङ र छिरिङ गुरुङ ।

 

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ९ : ३० बजे

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार दिउँसो

सडक पहुँचसँगै ओलाङ्चुङगोला पुग्न सहज

फुङ्लिङ– ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको

विद्युत् आयात गर्नेबाट निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण उपलब्धि : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पो

मनमोहन ज्येष्ठ नागरिकका सच्चा मित्र र असल नेता : विद्या भण्डारी

काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री स्वर्गीय

हुम्लाको चंखेलीका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त