डा. भट्टराईको टिप्पणी : ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी | Khabarhub Khabarhub

डा. भट्टराईको टिप्पणी : ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देश प्रतिगमनतिर दौडिरहेको टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले बुधबार साँझ ट्वीट गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनले आफूलाई कोरोना संक्रमण भएको बेला फोन गरेर स्वास्थ्य लाभको कामना गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै  नेकपाभित्रको किचलो दुइ अध्यक्षवीचको सत्तासंघर्ष देखिए पनि सारमा त्यो गहीरो वैचारिक-राजनीतिक अन्तरविरोधको अभिव्यक्ति भएको बताएका छन् ।

‘नेकपाभित्रको किचलो रुपमा दुई अध्यक्षबीचको सत्तासंघर्ष देखिए पनि सारमा त्यो गहिरो वैचारिक-राजनीतिक अन्तरविरोधको अभिव्यक्ति नै हो,’ उनले भनेका छन्, ‘यो अन्तर्यमा अग्रगमन र पश्चगमनबीचको लडाईं हो ।’

उनले ओलीलाई नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडीका रुपमा चित्रित गरेका छन् ।

‘ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी हुन् । संविधानसभामा अग्रगामी एजेण्डा निस्तेज पार्न माओवादी-मधेसवादी विरूद्ध नेपाली कांग्रेससँग सहकार्य गरे,’ भट्टराईको बुझाई छ, ‘पछि सत्तानिम्ति चुनावमा नेकाविरूद्ध माओवादीसँग एकता गरे । अहिले ओली नेतृत्वमा देश तीव्र गतिले प्रतिगमनतिर दौडिरहेछ ! अब के ?सबैले सोचौं !’

यस्तो छ डा. भट्टराईले गरेको ट्वीट

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ८ : ०१ बजे

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार