नेपालमा पछिल्लो २४ घण्टामा थपिए  ३३०९ कोरोना संक्रमित, ३० को मृत्यु « Khabarhub

नेपालमा पछिल्लो २४ घण्टामा थपिए  ३३०९ कोरोना संक्रमित, ३० को मृत्यु


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ३३०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३६९११ रहेको छ ।

यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ थियो ।

पछिल्लो २४ घण्टामा थप ३८४४  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४४ हजार ९७८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या१०३४ पुगेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ४ : ३७ बजे

कर्णालीका स्थानीय तहमा महिलाको सहभागिता न्यून

सुर्खेत- भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा कर्णाली प्रदेशका १० जिल्लाका स्थानीय

काठमाडौँ ३१ को वडाध्यक्षमा एमालेका सरोज ढकाल विजयी

काठमाडौं- काठमाडौं महानगरको वडा नम्बर ३१ मा नेकपा एमालेका उम्मेदवार विजयी

ख्वपलाई विश्वविद्यालयको अनुमति नदिए नयाँ कलेज चलाउँछौं : मेयर प्रजापति

भक्तपुर- भक्तपुर नगरपालिकाका नवनिर्वाचित मेयर सुनिल प्रजापतिले ख्व्प विश्वविद्यालय सञ्चालनका लागि

काठमाडौँमा बालेनको मत साढे ३५ हजार कट्यो

काठमाडौँ : स्वतन्त्रबाट मेयरमा उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँमा साढे

महोत्तरीमा खुम्चियो माओवादी, जितेका पालिका गुमायो

महोत्तरी – नेकपा माओवादी केन्द्र महोत्तरीमा खुम्चिएको छ । तत्कालीन जनमोर्चा