यस्तो छ अमेरिकी निर्वाचन प्रणाली | Khabarhub Khabarhub

यस्तो छ अमेरिकी निर्वाचन प्रणाली


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा जटिल प्रकारको निर्वाचन प्रणाली र परिणामको व्यवस्था रहेकाले चुनावी परिणाम आकलन गर्न कठिन हुन्छ । द्वि–दलले मत धेरै प्राप्त गरे पनि स्वतन्त्र उम्मेदवारहरूले राज्यहरूको मत परिणाममा असर पुर्‍याउन सक्छन् ।

अमेरिकाका विभिन्न राज्यहरूको आआफ्नो मत परिणाम गणना गर्ने विधि, यसपटक अग्रिम मतदान गर्ने प्रबन्ध तथा हुलाकबाट धेरै मतदान भएकाले प्रारम्भिक नतिजाले मात्र अन्तिम परिणामको अनुमान लगाउन सकिन्न ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा कुल ५३८ इलेक्टोरल कजेल हुन्छ । यो ५३८ सिट ५० राज्यहरूमा जनसंख्या अनुपातको आधारमा बाँडिएको छ । अमेरिकामा इलेक्टोरल कजेलको व्यवस्था संविधानको धारा–११ बमोजिम भएको हो, जुन सन् १८०४ को संविधानको १२औँ संशोधनपछि व्यवस्था भएको हो ।

अमेरिकी ८ राज्यहरूमा सबैभन्दा कम इलेक्टोरल संख्या ३ रहेको छ । डिस्ट्रिक अफ कोलम्बिया, अलस्का, भोरमेन्ट, डेलाबर, बेइमिङ, नर्थ डेकोटा, साउथ डेकोटा र मोन्टानाबाट ३-३ इलेक्टोरल मत आउँछ । सबैभन्दा धेरै इलेक्टोरल कलेज संख्या ६ करोडभन्दा बढी जनसंख्या रहेको क्यालिफोर्नियामा रहेको छ ।

त्यस्तै, दोस्रो टेक्सासमा ३८ मत तथा फ्लोरिडा र न्युयोर्कसँग समान २९-२९ सिट छ । इलिनोइस र पेन्सिनभेनियासँग २०-२० इलोक्टोरल कलेज छ । इलेक्टोरल संख्या जसले अमेरिकी राज्यहरूमा धेरै लोकप्रिय मत ल्यायो उसैकोमा जान्छ ।

अमेरिकाका धेरै राज्यहरूको चुनावी परिणाम र प्रवृत्ति पहिले नै अनुमान गर्न सकिने भए पनि अझै कुन पार्टीमा मत जान्छ भन्ने आकलन गर्न कठिन हुने ‘स्वीङ स्टेट’ हरू छन् । यी राज्यहरू नै राष्ट्रपति चुनावमा निर्णायक हुन्छन् ।

फ्लोरिडा (२९), पेन्सिनभेनिया (२०), मिसिगन (१६), जर्जिया (१६), नर्थक्यारोलिना (१५), मिनासोटा (१०) र विस्कोन्सन (१०) राष्ट्रपति निर्वाचनमा निर्णायक राज्यहरू हुन् ।

यसपटक निर्वाचनको परिणाम आउन दुई दिनसम्म पनि लाग्न सक्छ । अमेरिकी चुनावको औपचारिक परिणामका विभिन्न चरणहरू हुन्छन् ।

जस्तै, १० नोभेम्बरमा राज्यहरूले इलेक्टोरल मत प्रमाणीकरण गर्ने, ८ डिसेम्बरसम्म केन्द्रबाट ५० वटै राज्यमा प्राप्त मतको प्रमाणीकरण गरिसक्ने, १४ डिसेम्बरमा प्रमाणित भएका प्रतिनिधिहरूले सबै अमेरिकी राज्यको राजधानीमा गई आआफ्नो मत हाली आधिकारिकता दिलाउनुपर्छ ।

राज्यहरूको आवश्यक प्रक्रिया पूरा भएपछि आगामी ६ जनवरीमा सबै राज्यहरूको इलेक्टोरलको मत संघीय राजधानी वासिङ्टन डीसीमा अमेरिकी कंग्रेसमा मत गणना गरी औपचारिक चरण पूरा हुन्छ । सम्पूर्ण चरण पार गरेपछि २० जनवरीमा अमेरिकी नयाँ राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउँछन् ।

प्रारम्भिक मतपरिणामले आशावादी बनेका डेमोक्रेटिक उम्मेदवार जो बाइडेनलाई पछि पार्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडा, ओहाओ, आइवाको जितसँगै पुनः राष्ट्रपतिमा दोहोरिने सम्भावना बलियो बनेको छ । डेमोक्रेटले आशा गरेका जर्जिया र नर्थ क्यारोलाइनामा पनि रिपब्लिकनले पकड कायम राखेका छन् ।

ट्रम्पले रिपब्लिकन पार्टीको परम्परागत पकड रहेको केन्टकी, वेस्ट भर्जिनिया, ओक्लाहामामा पनि पकड कायमै राखेका छन् । वाइडेनले डेमोक्रेटिक पार्टीको मेरिल्यान्ड, न्युयोर्क, न्युजर्सी, म्यासाच्युसेट्स लगायत सुरक्षित गर्दै सन् २०१६ मा ट्रम्पले जितेको तथा रिपब्लिकनको पकड रहेको एरिजोना, न्यू ह्याम्स्पायर लगायतमा जितेका छन् ।

दुबै पक्षले अब पेन्सिलभेनिया, मिसिगन र विस्कोन्सनको मत परिणाम व्यग्रतापूर्वक कुरिरहेका छन् । पेन्सिलभेनियामा बाइडेनले अन्तिममा जिते भने नयाँ आशा सञ्चार हुन सक्छ । अहिले मतगणना भइरहेका यी क्षेत्रमा ट्रम्पले अग्रता लिएका छन् ।

मिसिगन, विस्कोन्सन र पेन्सिलभेनियाको परिणाम आउन केही समय लाग्ने भएकाले अन्तिम परिणाम आउन केही दिन लाग्न सक्ने देखिएको छ ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन ५३८ रहेको इलेक्टोरल कलेजको मतमध्ये कम्तीमा २७० ल्याउनुपर्छ । राष्ट्रपतिमा कसैको पनि बहुमत नआए प्रतिनिधिसभाले राष्ट्रपति छान्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ३ : १४ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६