अमेरिकी राष्ट्रपतीय चुनाव  : मतगणनामा बाइडेनको अग्रता कायमै | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपतीय चुनाव  : मतगणनामा बाइडेनको अग्रता कायमै


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपतीय चुनावको मतगणना आउने क्रम जारी छ ।

मतदान सकिएसँगै केही स्थानमा मतपरिणाम आउन सुरू गरेका छन् । कूल ५३८ इलोक्ट्रोरल मतमध्ये जितका लागि २७० इलोक्ट्रोरल मत आवश्यक छ ।

यो समाचार तयार पार्दासम्म सार्वजनिक मतपरिणामअनुसार  प्रतिस्पर्धी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अग्रता लिएका छन् ।

No description available.
तस्वीर : फक्स न्यूज

जितका लागि चाहिने २७० इलेक्ट्रोरल मतमध्ये डेमोक्रेटिक उम्मेदवार बाइडेनले २२३ र रिपब्लिकनका डोनाल्ड ट्रम्पले २१० मत प्राप्त गरेका छन्।

यी हुन् निर्णायक राज्य

यो चुनावमा सबैभन्दा धेरै इलोक्ट्रोल भोट ५५ रहेको राज्य क्यालिफोर्नियासहित फ्लोरिडा, एरिजोना, पेन्सलभेनिया, मिचिगन, विसकन्सिन, नर्थक्योरिलना र जर्जियाको इलोक्ट्रोल भोट निर्णायक हुनेछ ।

यी राज्यहरुमा जुन उम्मेदवारले अग्रता कायम गर्दै वर्चस्व कायम गर्नेछन् उनकै जित निश्चित हुनेछ ।

कूल ५३८ इलोक्ट्रोन मतमध्ये २७० मत ल्याउने उम्मेदवार राष्ट्रपतिको पदमा निर्वाचित हुन पाउँछन् ।

कतिपय अवस्थामा यो व्यवस्थाले जनताको मत अत्यधिक पाएर पनि विजयी हुन नसकेका उदाहरण छन् ।

सन् २०१० को जनगणनामा आधारित भएर २०१२, २०१६ र २०२० को निर्वाचनमा कूल ५३८ इलोक्ट्रोल मत विभाजन गरिएको छ ।

सात वटा राज्यबाट तीन/तीन भोटको गणना हुन्छ । यसरी इलोक्ट्रोल कलेजको गणना गर्दा हरेक राज्यको जनसङ्ख्या, सिनेटरको सङ्ख्या र काँग्रेसनल डिष्ट्रिकको समानुपातिक मतका आधारमा चयन गरिन्छ ।

संसारको ध्यान अमेरिकामा

कोरोना महामारीका कारणले धेरै मानवीय क्षति व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक, सामाजिक र विश्व राजनीतिक सम्बन्धलाई कसरी कसरी अघि बढाउँछ भन्ने विषयले यो चुनाव  संसारभरको चासोको केन्द्र बनेको छ ।

आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने राष्ट्रपतिको यो निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई केवल वर्षको समयावधिसँग मात्र तुलना गरिँदैन ।

सन् १९१८ मा देखा परेको स्पेनिस फ्लुपश्चात् एक सय वर्षमा आइलागेको कोरोना भाइरस र यसले पारेको गम्भीर असरलाई दीर्घकालीनरुपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयसमेत यसै निर्वाचनसँग आएर जोडिएको छ ।

विगतका चुनावमा अनुदारवादी ठानिएको रिपब्लिकन र उदारवादी ठानिएको डेमोक्र्याट पार्टीबीच आप्रवासन, बन्दुक नियन्त्रण, बेरोजगारी, स्वास्थ्य बीमा जस्ता मुद्दामा पेचिलो बहस हुने गरेको थियो ।

तर, यसपटकको चुनावमा कोरोना भाइरस नै केन्द्रबिन्दुमा रह्यो । हुन पनि निर्वाचनको संघारमा आइपुग्दा आठ महिनाको बीचमा दुई लाख ३० हजार अमेरिकीले कोरोना भाइरसका कारणले जीवन गुमाएका छन् भने ९० लाखलाई यो सङ्क्रमणले गाँजेको छ ।

त्यतिमात्र होइन, सप्ताहन्तमा मनोरञ्जनमा धक फुकाएर खर्च गर्ने अमेरिकीहरुको बानीले विश्व अर्थतन्त्रलाई चलायमान बनाउँदै आएकामा अहिले यो चक्र झण्डै रोकिएको अवस्थामा आइपुगेको छ ।

त्यसैले यो निर्वाचनका अहिलेका एजेण्डामध्ये कोरोना र यस महामारीले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा पारेको प्रभाव नै केन्द्रबिन्दुमा छ ।

आलोचकले कोरोना भाइरस नियन्त्रण र तत्काल आवश्यक कदम चाल्न ट्रम्प प्रशासन सक्षम नभएको भनेर टिप्पणी गरिरहेका छन् ।

ह्वाइट हाउसले सम्पूर्ण संयन्त्र परिचालन गरिएको भनेर बचाऊ गर्दै आएको छ ।

निर्वाचनको परिणामले रिपब्लिकन र डेमोक्र्याट पार्टीको वर्चस्व रहेको सिनेट र काँग्रेसको कोर्स पनि परिवर्तन हुने अपेक्षा गरिएको छ ।

एक सय सिटको सिनेटमा अहिले रिपब्लिकनको ५३ सिट र डेमोक्र्याटको ४७ सिट रहेको छ ।

तल्लो सदन भनेर चिनिने काँग्रेसमा भने ४३५ सिटमा डेमोक्र्याटको २३२ सिटसहित वर्चस्व रहेको छ । यसपटक सिनेटको ३३ सिट र काँग्रेसको ४३५ सिटको निर्वाचन भएको हो ।

सिनेटरको कार्यकाल ६ वर्षको हुने भएकाले हरेक दुई वर्षमा एक तिहाइको चुनाव हुने गर्दछ भने काँग्रेसको भने हरेक दुई वर्षमा निर्वाचन हुने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १० : ५१ बजे

महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

दोधारा चाँदनी– महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको

शेखरको चेतावनी : सहकारी ठगीमा रविमाथि छानबिन नभएसम्म संसद् चल्दैन

इलाम- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय छानबिन समिति

कतारी अमिर र राष्ट्रपति पौडेलबीच शीतल निवासमा वार्ता

काठमाडौं– नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौँ आइपुगेका कतारका अमिर

‘लोकतन्त्रमा अनुशासित नेतृत्व र नैतिकता आवश्यक’

काठमाडौं– लोकतान्त्रिक शासन व्यवस्थामा अनुशासित नेतृत्व र नैतिकता आवश्यक रहने

हटेन दिल्लीका मुख्यमन्त्री केजरीवालको संकट, अझै १६ दिन जेलमै

एजेन्सी- दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल अझै १६ दिन जेलमा बस्नुपर्ने