प्रवीण भट्टराईको कविता: थ्री नट थ्री राइफल | Khabarhub Khabarhub

प्रवीण भट्टराईको कविता: थ्री नट थ्री राइफल


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैयौं रिकुटेहरूको बीचमा
टाढैबाट छुट्टै देखिने
अनि चिनिने गरी
ठिङ्ग उभिएको छु
सतिसालझैं ढाल बनेर
म अर्थात्
एउटा पुरानो
थ्री नट थ्री राइफल ।

म एक्लै उभिएको छु
आफ्नै बलमा
आफ्नै जमिनमा
एउटा लक्ष्मण रेखा कोरेर
र यो पनि भन्दैछु
मेरो सीमा तिमी ननाघ
म पनि तिम्रो सीमा नाघ्दिनँ
म अर्थात्
कैयौ रिकुटेहरूको बीचमा
एउटा पुरानो
थ्री नट थ्री राइफल ।

तिमीलाई थाहा छ
म अनवरत प्रयोगमा छु
कहिले
बेमौसमी जुलुस भगाउन
कहिले आफ्नै बीचमा
आत्म विश्वासको साहस जगाउन
एक्लै डटिरहेको छु
अनवरत खटिरहेको छु
म अर्थात्
कैयौ रिकुटेहरूको बीचमा
एउटा पुरानो
थ्री नट थ्री राइफल ।

सहेको छु खुशीसाथ
घाम, झरी र मुसलधारे पानी
रोएर पनि खपेको छु
मुटु कमाउने जाडो
पार गरेको छु सहजै
कैयौ माईल यात्रा
तुसारोमा खाली खुट्टा हिँडेर
म अर्थात्
कैयौ रिकुटेहरूको बीचमा
एउटा पुरानो
थ्री नट थ्री राइफल ।

राइफल पुरानो हो
खिया लागेको पनि हुनसक्छ
तर
थ्री नट थ्री राइफलको
एउटै विशेषता दामे हुन्छ
अलिकति तेल लगाएर
खियाँ सफा गरेपछि
यसले काम गर्छ
अनि आफ्ना र शत्रुलाई चिन्छ
मित्र देख्दा जति ट्रिगर थिचे पनि
पड्कदै पड्कँदैन
शत्रु देख्दा गडगडाएर पडकन्छ
त्यसैले त
थ्री नट थ्री राइफल
जति पुरानो भएर पनि
आजसम्म चलेकै छ
म अर्थात्
कैयौ रिकुटेहरूको बीचमा
एउटा पुरानो
थ्री नट थ्री राइफल ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ८ : १५ बजे

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो