बुटवलमा निषेधाज्ञा : कतै सुनसान, कतै टायर बालेर प्रदर्शन [फोटो फिचर] | Khabarhub Khabarhub

बुटवलमा निषेधाज्ञा : कतै सुनसान, कतै टायर बालेर प्रदर्शन [फोटो फिचर]



बुटवल – प्रदेश ५ को राजधानी दाङको देउखुरी बनाउने प्रदेश सरकारको सिफारिसपछि बुटवलमा विरोध प्रदर्शन भइरहेको छ ।

प्रदेशसभामा प्रदेशको नाम लुम्बिनी र प्रदेश राजधानी दाङको देउखुरीमा राख्ने प्रस्ताव गरिएको थियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश राजधानी दाङको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

स्थानीयले भने उक्त प्रस्ताव प्रदेश सभाबाट फिर्ता गरेर रुपन्देहीलाई नै स्थायी राजधानी तोक्न माग गरेका छन् ।

प्रदेश सरकारले बुटवलका केही स्थानहरुमा असोज २१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा जारी गरे पनि आइतवार बुटवलका विभिन्न स्थानहरूमा विरोध प्रदर्शनहरु भए । विरोधका क्रममा स्थानीयले सडकका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरकारविरोधी प्रदर्शनहरु गरे । विभिन्न संघसंस्थाले बुटवलमा आज १८ गते बुटवल बन्दको आयोजना गरेका थिए । स्थानीय युवाहरूले बुटवलमा खुला गरिएका पसलहरू बन्द गराउँदै हिँडेका थिए ।

प्रदेश सरकारले जारी गरेको निषेधाज्ञाका कारण ठूलो संख्यामा प्रदर्शनकारीको भीड भने भएन ।

तस्वीरहरुमा हेर्नुहोस्ः

टायर बालेर विरोध जनाउँदै स्थानीयहरू । उनीहरूले सडकमा सवारी आवतजावतमा पनि अवरोध पुर्‍याएका थिए ।

विरोधमा उत्रिएका स्थानीयहरू ।

निषेधाज्ञाका कारण खुला सडकमा साइकल चलाउँदै ।

विरोधस्वरुप बालिएको टायरको धुवाँ र प्रहरीहरू ।

सुनसान सडक । बुटवलमा लकडाउन खुलेसँगै जनजीवन सामान्य बनेको थियो । पसलहरू खोलिएका थिए ।


पसल बन्द गराउँदै हिँडेका युवाहरू ।

अटोरिक्सामा नेपाल बन्द गर्न आह्वान गरिँदै । विभिन्न संघसंस्थाले आज नेपाल बन्दको आह्वान गरेका थिए ।

निषेधाज्ञा क्षेत्रतर्फ गइरहेकालाई नजान सुझाउँदै ट्राफिक प्रहरी ।

सरकारी कार्यालयअघि सुरक्षा दिँदै सुरक्षाकर्मी ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ४ : ४० बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश