प्रदेशसभा सदस्य थापालाई कोरोना संक्रमण | Khabarhub Khabarhub

प्रदेशसभा सदस्य थापालाई कोरोना संक्रमण


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- बागमती प्रदेशसभा सदस्य शशिजंग थापालाई कोरोना संक्रमण भएको छ।

भक्तपुर क्षेत्र नं. २ क बाट निर्वाचित प्रदेश सांसद थापालाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो।

सांसद थापाले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना संक्रमण भएको र नजिकको सम्पर्कमा रहेकाहरुले आफ्नो स्वास्थ्यको ख्याल गरी परीक्षण गर्न समेत आग्रह गरेका छन्।

केही दिनदेखि हल्का ज्वरो आएपछि गत असोज १२ गते परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ आएपनि ज्वरो निको नभएपछि पुनः शनिबार परीक्षण गर्दा पोजिटिभ देखिएको थापाले बताए।

‘विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ बाट जोगिन खोज्दा खोज्दै कहाँबाट कसरी संक्रमित हुन पुगियो पत्तै भएन,’ उनले भने ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १० : १९ बजे

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै