अमेरिकामा कोरोना संक्रमितको संख्या ७६ लाख नाघ्यो | Khabarhub Khabarhub

अमेरिकामा कोरोना संक्रमितको संख्या ७६ लाख नाघ्यो


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना संक्रमितको संख्या ७६ हजार नाघेको छ ।

आइतबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ४८ हजार ९२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ७६ लाख ८४६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४८ लाख १८ हजार ५०९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ६८ हजार ६० जनामध्ये १४ हजार १७९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख १४ हजार नाघेको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार शुक्रबार थप ७५५ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख १४ हजार २७७ पुगेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ९ : ५२ बजे

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार