नेपालमा २५,५६१ ले 'जिते' कोरोना, कुन प्रदेशमा कति ? (सूचीसहित) | Khabarhub Khabarhub

नेपालमा २५,५६१ ले ‘जिते’ कोरोना, कुन प्रदेशमा कति ? (सूचीसहित)


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा  पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी १ हजार ३५४ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २५ हजार ५६१ पुगेको हो ।

कुल संक्रमितमध्ये ५८ प्रतिशत संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा २००१ जना

प्रदेश २ मा ७३५७ जना

वाग्मती प्रदेश २०६७ जना

गण्डकी प्रदेशमा १७१७ जना

प्रदेश ५ मा ५२७६ जना

कर्णाली प्रदेशमा २१३७ जना

सुदूरपश्चिम प्रदेशमा ५००६ जना

२५ हजार ५ सय ६१ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४ जनाको कोरोनाले ज्यान गएको छ । योसँगै शुक्रबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ५ : १९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०