पत्नीको हत्या आरोपमा अनामनगरबाट एकजना पक्राउ | Khabarhub Khabarhub

पत्नीको हत्या आरोपमा अनामनगरबाट एकजना पक्राउ


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आफ्नै पत्नीको हत्या गरेको आरोपमा काठमाडौंको अनामनगरबाट एकजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका– २९ अनामनगर बस्ने बर्दिया बाँसगढी नगरपालिका घर भएका ३६ वर्षीय अजय विक सोमबार बेलुकी पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डिएसपी हरि बस्नेतका अनुसार उनले आफ्नै पत्नी ३३ वर्षीया पार्वती खड्कामाथि छुरा प्रहार गरी हत्या गरेका थिए ।

प्रहरीका अनुसार घरायसी विवादमा विकले पार्वतीलाई छुरा प्रहार गर्दा उनी गम्भीर घाइते भएकी थिइन् । घाइते पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ३ : ११ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६