कतारबाट १४२ नेपाली स्वदेश फर्किए, कोरोना आशंका गरिएका ११ जना विमास्थल नै आएनन् | Khabarhub Khabarhub

कतारबाट १४२ नेपाली स्वदेश फर्किए, कोरोना आशंका गरिएका ११ जना विमास्थल नै आएनन्



दोहा : कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणबाट १४२ नेपाली स्वदेश फर्किए छन् ।

दोहाबाट काठमाण्डौका लागि उडेको हिमालय एयरलाइन्सको जहाजमा ७ महिलासहित १४२ जना नेपाली स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रवीण भट्टराईले जानकारी दिए ।

कोरोना संक्रमणको आशंका गरिएका ११ जना नेपाली भने विमानस्थल नआएको उनले बताए । उडानमा समावेश भएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले कोभिड -१९ परीक्षण गरी पीसीआर नेगेटिभ भएको प्रमाणपत्रसहित यात्रा गरेको उनले बताए ।

स्वदेश फर्कन लागेहरुको यात्रा सहजिकरणका तथा बिदाई गर्न सचिव भट्टराईसहित नेपाली दूतावासका कर्मचारी, नेपाली समुदायका प्रतिनिधिहरुको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

यसैगरी, दूतावासका अनुसार हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका लागि सेप्टेम्बर ६, ८ र २३ तारिखका लागि अझै ३ वटा उडान बाँकी रहेको जनाएको छ । कतारबाट कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किने नेपाली श्रमिकहरुको संख्या बढीरहेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ६ : ४२ बजे

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो