कोरोनाको त्रासबीच भीडभाडमै मनाइयो गाईजात्रा (भिडियोसहित) | Khabarhub Khabarhub

कोरोनाको त्रासबीच भीडभाडमै मनाइयो गाईजात्रा (भिडियोसहित)


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रत्येक वर्ष भाद्र कृष्ण पक्षमा मनाइने गाईजात्राको दिन धेरैले सम्झिने ठाउँ हो, भक्तपुर । यहाँ गाईजात्रा हेर्न काठमाडौं उपत्यकाका मात्र नभई काभ्रेदेखिका मानिसहरु समेत आउँछन् ।

भक्तपुरका विभिन्न क्षेत्रबाट गाईजात्राको दिन बाजागाजासहित निकालिने झाँकीले नगर परिक्रमा गर्दा ठूलो भीडसमेत लाग्ने गर्दछ ।

कोरोना भाइरस सङ्क्रमणका कारण यो वर्ष गाईजात्रा पर्व विगत जस्तो उत्सवमय हुन पाएन । तर पनि आज मनाइएको भक्तपुरको गाईजात्रा पर्वमा ठूलै भीडभाड देखिएको थियो ।

कोरोना भाइरस सङ्क्रमण रोक्न भीडभाड नगरी सामान्य रुपमा औपचारिकतामा मात्रै गाईजात्रा मनाउन नगरपालिकाले आह्वान गरे पनि ठूलै भीडभाड देखिएको थियो ।

आज बिहान भक्तपुरमा निकै भीडभाड र बाक्लो उपस्थितिमा गाईजात्रा पर्व मनाइयो भने साँझ पनि उस्तै ठूलो भीडमा गाईजात्रा मनाइएको छ ।

दिउँसो भने विगत वर्षका तुलनामा केही कम मात्रै मानिसको उपस्थिति रहेको थियो । घिन्ताङ्घिसी नाचका साथै माक प्याख नाच, अन्य विभिन्न नाच र व्यङ्ग पनि प्रस्तुत गरिएको थियो ।

हेरौं भिडियो

गाईजात्रा पर्वको दिन दिवङ्गत आत्माको सम्झनामा गाईलाई घुमाउने गरिन्छ भने कतिपयले माटोको गाई बनाएर घुमाउने गर्दछन् । साथै मानिसलाई विभिन्न रुपमा सिङ्गारपटार गरेर शहर परिक्रमा गराएर मनाइन्छ ।

यसपर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्यात्मक प्रदर्शन र नाचगान पनि गरिन्छ । गाईजात्राको दिन भने अभिव्यक्ति स्वतन्त्रता थियो । आज भोलि पनि गाईजात्रामा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने परम्परा छ ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरामा प्रायः नेवारी समुदायले मनाउने गर्दछन् ।यस वर्ष कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारले भीडभाड गरेर जात्रा–पर्व नमनाउन सबै जन समुदायलाई अपिल गरेको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ८ : ५७ बजे

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर