अस्पतालहरूको क्षमता बढाउन प्रधानमन्त्रीलाई विज्ञहरूको सुझाब | Khabarhub Khabarhub

अस्पतालहरूको क्षमता बढाउन प्रधानमन्त्रीलाई विज्ञहरूको सुझाब

आवश्यकताअनुसार सीमित ठाउँमा लकडाउन, कर्फ्यु वा शील उचित


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण नियन्त्रणका विषयमा निकै लामो परामर्श र छलफल गरे । प्रधानमन्त्रीको सचिवालयका अनुसार चार घण्टा चलेको छलफल अत्यन्तै उपलव्धिमूलक भएको छ ।

छलफलमा सहभागी जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार परामर्शमा सहभागी विज्ञहरूले आवश्यकताअनुसार लकडाउन गर्न, कर्फ्यु लगाउन, कडाइ गर्न वा सीमित क्षेत्र शील गर्न सुझाब दिएका छन् ।

विज्ञहरूले दिएको सुझावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मकरूपमा लिएको डा. रवीन्द्र पाण्डेले खबरहबलाई बताए । डा. पाण्डेका अुनसार कोरोना संक्रमण देखिएका जिल्लाहरूमा पुनः लकडाउन गर्ने वा कडाइ गर्ने विषयमा छलफल भएको थियो । विज्ञहरूले दिएको सुझाब कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) तथा मन्त्रिपरिषदमा पेस गरी निर्णय गर्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।

पहिले भारतबाट नेपाल प्रवेश गर्नेहरूमा कोरोना संक्रमण थियो । नेपालमा देखिए पनि समुदायमा फैलिन पाएको थिएन । अहिले कोरोना संक्रमण नेपालभित्रै देखिएको छ ।

खासगरी प्रदेश १ र प्रदेश २ का तराईका जिल्लाहरू कपिलवस्तु, बाँके, पर्सा, कैलाली लगायतका जिल्लामा संक्रमण फैलिएको छ । काठमाडौं उपत्यकासहित बझाङ, डोटी, दैलेख लगायतका पनि संक्रमण फैलिएको छ ।

संक्रमणका घटनाहरूले नेपालमा समुदायमै कोरोना फैलिएको देखाएकोले आगामी दिन झनै जोखिमपूर्ण हुनेछन् ।

आज प्रधानमन्त्रीसँग यही विषयमा छलफल भयो । लकडाउन गर्ने कि कर्फ्यु नै लगाउने कि वा कडाइमात्र गर्ने भन्ने विषयमा विभिन्न विज्ञहरूले आफ्नो सुझाव दिए । छलफलमा बोलाएका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएनन् । विपक्षी दलका नेता नेता शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर सहभागी थिए ।

सबैजसो जनस्वास्थ्य विज्ञहरूले १५ दिन लकडाउन गर्ने वा कडाइ गर्ने सुझाव दिएका छन् । लकडाउन एकै पटक देशभरि होइन, जहाँ जहाँ संक्रमण देखिएको छ ती जिल्ला वा क्षेत्रहरूमा गर्ने र सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक तयारी पनि गर्ने सुझाब छ ।

परीक्षणको दायरा बढाउने र अस्पतालहरूको क्षमता बढाउने मुख्य सुझाब छ । अहिले त लक्षणसहितका संक्रमितहरू धेरै छन् । अस्पतालहरूको क्षमता बढाउन, भेन्टिलेटरहरू थप गर्न, प्लाज्मा थेरापी बढाउन उनीहरूको सुझाब छ । विश्वमा कोरोनाको उपचारमा प्रयोग भएका औषधिहरू, जुन नेपालमा छैनन्, ती औषधिहरूको व्यवस्थापन गर्न पनि सुझाब दिएका छन् ।

डा. पाण्डेका अनुसार भारतबाट मानिसहरू आइरहेको र काठमाडौंमा आवतजावत बढेको अवस्थामा लकडाउन नै उचित हुने विज्ञहरूको सुझाब छ । काठमाडौं उपत्यकामा अहिले दैनिक करिब ८ हजार मानिस आइरहेका छन् र दैनिक ४ हजार मानिस बाहिर गइरहेका छन् । विज्ञहरूले काठमाडौंका नाकामा परीक्षण गर्दा धेरैको कोरोना पोजेटिभ भेटिएकोले आवतजावत नियन्त्रण गर्न पनि सुझाव दिएका छन् ।

मास्कको प्रयोग र सामाजिक दूरी कायम गर्न कडाइ गर्ने र सुरक्षाकर्मी खटाएर भए पनि जनस्वास्थ्यको मापदण्ड पालना गराउन पनि सुझाब दिएका छन् ।

डा. पाण्डेका अनुसार सार्वजनिक सवारीसाधन र हवाई उडान नखुलाउन विज्ञहरूको सुझाब छ । हवाई उडानबाट संक्रमित मान्छेहरू आउने सम्भावना हुन्छ । हवाई उडान विदेशमा अलपत्र नेपालीको उद्धारका लागि मात्र अडान खुला गर्नुपर्ने सुझाब छ । व्यावसायिकरूपमा खुल्नु हुँदैन ।

काठमाडौं उपत्यका, भारतसँग सीमा जोडिएका जिल्लाहरू, संक्रमण बढेका पहाडी जिल्लाहरूमा लकडाउन हुनसक्छ । सबै ठाउँमा हुँदैन । लकडाउन नगरेर कडाइ गर्दा पनि संक्रमण बढेका क्षेत्रमा गर्न विज्ञहरूको सुझाब छ । डा. पाण्डेका अनुसार जुन क्षेत्रमा संक्रमितको संख्या बढेको छ त्यही क्षेत्रमा शील गर्न सुझाब दिएका छन् ।

सबै विज्ञहरूको सुझाव सुनेपछि प्रधानमन्त्रीले सीसीएमसी र मन्त्रिपरिषद्बाट निर्णय गर्ने आश्वासन दिएका छन् ।

डा. पाण्डेका अनुसार प्रधानमन्त्रीसँग लकडाउन खुल्नुअघि पनि विज्ञहरूसँग छलफल भएको थियो । लकडाउनका कारण निम्तिएका समस्याका कारण लकडाउन खोल्न नै सुझाब दिएको हो । त्यतिबेला पनि विज्ञहरूले परीक्षणको दायरा बढाउन, आइसीयू र भेन्टिलेटर थप गर्न जोड दिएका थिए ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ७ : ५९ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय