सर्लाहीमा बुधबारदेखि एक सातासम्मका लागि निषेधाज्ञा | Khabarhub Khabarhub

सर्लाहीमा बुधबारदेखि एक सातासम्मका लागि निषेधाज्ञा


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- कोरोना संक्रमितको संख्या बढेसँगै प्रदेश नम्बर-२ को सर्लाहीमा बुधबारदेखि निषेधाज्ञा जारी गरिने भएको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम गर्न तथा जनस्वास्थ्यलाई असर पर्ने सम्भावनालाई दृष्टिगत गरी जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले निषेधाज्ञा गर्न सिफारिश गरेका हुन्।

सोही बमोजिम जिल्ला प्रशासन कार्यालय सर्लाहीले हाललाई २१ देखि २७ साउनसम्म ७ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

बुधवार बिहान ६ बजेदेखि निषेधाज्ञा लागू हुने सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। सर्लाही जिल्लाभर लागू गरिएको निषेधाज्ञाको समयमा औषधि उपचार, खाद्यवस्तु खरिद, पेट्रोलियम पदार्थ खरिदजस्ता अत्यावश्यक कामका बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन नपाउने बताइएको छ।

अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, बिरामी बोकेका गाडी, दमकल, दूध तथा खाद्य वस्तु बोक्ने सवारी साधन, शव वाहन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी (मोटरसाइकलसमेत) माथि रोक लगाइएको छ।

निषेधाज्ञाको अवधिभर कुनै पनि भेला, आमसभा, सभा–सम्मेलन, भोजभतेरमा रोक लगाउनुका साथै हाट बजार तथा मेलामाथि पनि रोक लगाइएको छ।

अत्यावश्यक उपभोग्य सामग्रीहरू बिक्री गर्ने स्थायी प्रकृतिका पसलहरू, पेट्रोल पम्पहरू, ग्याँस डिपोहरु, औषधि पसलहरू भने निषेधाज्ञाको समयमा पनि सञ्चालनमा रहने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ७ : १३ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६