खनाल र नेम्वाङलाई साक्षी राखेर ओली-प्रचण्ड वार्तामा | Khabarhub Khabarhub

खनाल र नेम्वाङलाई साक्षी राखेर ओली-प्रचण्ड वार्तामा


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहित नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पमकल दाहाल प्रचण्डबीच छलफल शुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा चार नेताबीचको छलफल शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

१३ साउनदेखि स्थायी कमिटी बैठक अनिश्चित बनेपछि दुई अध्यक्षबीच दिनहुँ छलफल चल्दै आएको छ। आइतबार झण्डै चार घण्टा छलफल चलेको थियो भने सोमबार दुई घण्टा छलफल भएको थियो।

लगातार छलफल भइरहेपनि दुवै पक्षले अडान छोडेका छैनन्। प्रचण्डको सर्तअनुसार, खनाल नेम्वाङ साक्षीका रुपमा बस्दै आएका छन्। प्रचण्डका तर्फबाट खनाल र ओलीका तर्फबाट नेम्वाङ साक्षी बसेका छन्।

प्रधानमन्त्री ओलीले अब महाधिवेशनमा जानुको विकल्प नभएको बताउँदै आएका छन्। तर, प्रचण्डले भने महाधिवेशनमै जाने निर्णय पनि स्थायी कमिटीबाट गर्नुपर्ने अडानमा छन्। केन्द्रीय कमिटीका सदस्यहरुले लिखित माग गरेकाले केन्द्रीय कमिटी बैठकबारे समेत स्थायी कमिटीमै छलफल हुनुपर्ने प्रचण्डको अडान छ।

ओलीले भने स्थायी कमिटी नभएर सचिवालयबाट सहमति जुटाउनुपर्ने पक्षमा छन्। ओलीले ३ साउनको सचिवालय बैठकलाई निरन्तरता दिनुपर्ने अडानमा छन्। त्यस दिनको सचिवालय बैठकमा ओलीले मंसीरमै महाधिवेशन गर्न पनि तयार हुनुपर्ने र त्यहीबाट अध्यक्ष छोड्ने बताउँदै आएका छन्।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ६ : ०८ बजे

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस