अख्तियारमा काम गर्ने १५ जनामा कोरोना पुष्टि | Khabarhub Khabarhub

अख्तियारमा काम गर्ने १५ जनामा कोरोना पुष्टि


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा काम गर्ने १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार स्वाब संकलन गरी पीसीआर परीक्षण गरेका मध्ये १५ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

संक्रमितमध्ये अधिकांश सुरक्षाकर्मी रहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

फिल्डमा खटिने प्रहरी अधिकारी तथा अन्य सरकारी कार्यालयका कर्मचारीमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेपछि सरकारी कार्यालयमा पनि पीसीआर परीक्षण गर्ने तयारी थालिएको छ ।

आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यरत सबैको स्वाब संकलन गर्ने तयारी गरेको स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  १ : ३३ बजे

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु

जगदलपुर – सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना माओवादी

लुम्बिनी प्रदेशसभा संसदीय समितिमा सर्वसम्मत नेतृत्व

लुम्बिनी – लुम्बिनी प्रदेशसभामा दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन भएको

आजका समाचार : प्रधानमन्त्री-झलनाथ खनालबीच भेटदेखि मधेशमा लोसपा बाहिरियोसम्म

प्रधानमन्त्री र झलनाथ खनालबीच भेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र

सानातिना घटनाले सत्ता समीकरणलाई असर पार्दैन : ओली

झापा– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सानातिना

सेतो मच्छिन्द्रनाथ जात्राको रौनक (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथको जात्रा आज मनाइएको छ । हरेक वर्ष