भदौ १५ मा विद्यालय नखुले पाठ्यक्रम पूरा हुँदैन, भर्चुअल कक्षाको भर छैन | Khabarhub Khabarhub

भदौ १५ मा विद्यालय नखुले पाठ्यक्रम पूरा हुँदैन, भर्चुअल कक्षाको भर छैन


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । संघीय सरकारले आगामी भदौ १ गते विद्यालय तहमा विद्यार्थी भर्ना सुरु गर्ने भनेको छ ।

यही साउन ५ गते भएको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको थियो । सरकारले कोरोना भाइरसका कारण क्वारेन्टिन बनाइएका देशभरका करिब साढे चार हजार विद्यालय भवन खाली गराउन र भवनहरू निःसंक्रमण गर्न स्थानीय तहलाई निर्देशन पनि दिइसकेको छ ।

सरकारको यस्तो निर्णयले भदौ लागेपछि विद्यालयमा पढाइ सुरु हुनेजस्तो देखिए पनि विद्यालय खोल्ने निर्णय भएको छैन । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले रेडियो, टेलिभिजन, अनलाइन लगायतका माध्यमबाट शिक्षण सिकाइ र अन्य शैक्षिक गतिविधि कायमै रहने तर मन्त्रिपरिषदको निर्णयबाट मात्र विद्यालय खुल्ने बताइसकेका छन् ।

अहिले देशभर कोरोना संक्रमण भएकाको संख्या २१ हजार पुग्नै लागेको छ । सोमबारसम्ममा करिब ६ हजार जना सक्रिय संक्रमित छन् । तराई क्षेत्र र काठमामाडौं उपत्यकामा संक्रमण बढ्दो छ । लक्षणसहितका संक्रमितहरू फेला पर्न थालेकाले स्थिति भयावह हुनसक्ने चेतावनी विज्ञहरूले दिन थालेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ वर्षमुनिका बालबालिकालाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । संक्रमणको यस्तो स्थितिमा सुधार नभई शिक्षण संस्था खोल्न, भर्ना गर्न र पठनपाठन सुरु गर्न सम्भव छैन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी दिव्या दवाडी भन्छिन्, ‘भदौ १ गतेबाट शैक्षिक संस्था खोल्ने र भर्ना लिने कुरा सरकारको निर्णयमा भर पर्छ, भर्ना सुरु भए पनि पठनपाठन सुरु हुन्छ भन्न सकिने अवस्था छैन ।’

उनका अनुसार पठनपाठन कहिले र कसरी सुरु गर्ने भन्ने विषयमा मन्त्रालयले शिक्षाविद्, जनस्वास्थ्यविज्ञ, निजी तथा सामुदायिक विद्यालयका सञ्चालक तथा शिक्षक संगठन र अभिभावकहरूसँग छलफल चलाइरहेको छ ।

उनले विद्यालयका लागि कोभिड–१९ को सुरक्षा मापदण्ड बनाउने काम भइरहेको जानकारी पनि दिइन् ।

कोरोना भाइरस संक्रमण बढ्दै गएको र स्वास्थ्य मन्त्रालयले बालबालिकालाई घरबाहिर ननिस्कन आग्रह गरेको अवस्थामा नयाँ भर्ना सुरु गर्नु सान्र्दभिक नभएको राष्ट्रिय निजी तथा आवसीय विद्यालय असोसिएसन नेपाल (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाको भनाइ छ ।

उनले भने, ‘एकहप्ता अघि र एक हप्तापछिको स्थिति नै फरक भइरहेको छ, यस्तो अवस्थामा भर्चुअल कक्षा लिनेबाहेक अन्य विकल्प देखिँदैन ।’ ठूला शहरका धेरै जसो निजी र केही सामुदायिक विद्यालयले अनलाइन कक्षा चलाए पनि प्रभावकारी बन्न सकेको छैन । त्यस्तो कक्षामा विद्यार्थी उपस्थिति कम छ ।

साना शहर र ग्रामीण क्षेत्रका विद्यालयहरूले अनलाइन कक्षा चलाउनै सकेका छैनन् । रेडियो र टेलिभिजनबाट हुने दूर शिक्षण नहुनु मामा भन्दा कहनु मामा राम्रो भनेजस्तो मात्रै छ । यसमा अभिभावक र विद्यार्थीहरू सन्तुष्ट देखिँदैनन् ।

शुल्क उठाउन नपाउने अवस्थामा निजी विद्यालयले अनलाइन कक्षालाई निरन्तरता दिन कठिन हुने एन प्याब्सनका अध्यक्ष सापकोटाको भनाइ छ ।

‘अभिभावक पैसा तिर्न सहमत नहुने र विद्यालयले माग्न पनि नैतिकताले नदिने,’ सापकोटाले खबरहबसँग भने, ‘अभिभावकले पनि केही रकम बुझाउने र विद्यालयले पनि भर्चुअल कक्षा चलाउने वातावरण बनाउनुपर्ने देखिन्छ ।’

भदौ १५ मा पढाइ सुरु नभए पाठ्यक्रम अपूरो

सामान्य अवस्थामा यति बेला देशभर कक्षा १० सम्मका विद्यार्थीहरूले पहिलो त्रैमासिक परीक्षा दिइसकेका हुन्थे । कोरोना भाइरसका कारण चार महिना बित्न लाग्दा पनि पढाइ सुरु भएको छैन । विद्यालय कहिले खुल्छ भन्ने पनि निश्चित छैन ।

निजी तथा गैरआवसीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का अध्यक्ष टीकाराम पुरीका अनुसार भदौ १५ मा पठनपाठन सुरु भयो भने चैत मसान्तसम्ममा १८० दिन कक्षा सञ्चालन गर्न सकिन्छ र पठनपाठन पूरा हुन सक्छ ।

जाडो र चाडपर्वका केही बिदा कटौती गरेर पनि पाठ्क्रम पूरा गर्न सकिने पुरीको भनाइ छ । उनले खबरहबसँग भने, ‘एउटा शैक्षिक सत्रमा १ हजार ६४ घण्टा पठनपाठन हुन्छ । भदौ १५ मा कक्षा सञ्चालन हुन सकेन भने यस वर्षका लागि केही घण्टा घटाएर पनि शैक्षिक सत्र अघि बढाउनुपर्छ ।’

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  १ : ०४ बजे

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९