पूर्वखेलाडी मल्ललाई 'गोलकिपर प्रशिक्षक' बनाउँदै एन्फा | Khabarhub Khabarhub

पूर्वखेलाडी मल्ललाई ‘गोलकिपर प्रशिक्षक’ बनाउँदै एन्फा



काठमाडौं – गोलकिपरका रुपमा रहँदा खेलाडी जीवनमा एकछत्र राज गरेका विकास मल्ल अब राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकको भूमिकामा देखिने भएका छन् ।

फिफा विश्वकप २०२२ एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तगत घरेलु मैदानमा हुने खेलमा विकासलाई गोलकिपर प्रशिक्षकको भूमिका दिने तयारी अखिल नेपाल फुटबल संघ एन्फाले गरेको छ ।

कोरोना भाइरसको जोखिमकै बीच पूर्व गोलकिपर प्रशिक्षक जापानी नागरिक मिट्सु मो घरबाट फर्किने अवस्था नरहेको र उनीसँगको सम्झौता समेत सकिएकाले एन्फाले नयाँ प्रशिक्षकका रुपमा मल्ललाई ल्याउने तायरी गरेको हो ।

नेपालका चर्चित गोलकिपर उपेन्द्रमान सिंहलाई रिप्लेस गर्दै मल्लले टोलीको गोलकिपरको जिम्मेवारी सम्हालेका थिए ।

उनले सन् २००५ मा बंगलादेशमा आयोजना भएको साफ च्याम्पियनसिपमा नेपालबाट खेल्दै डेब्यु गरेका थिए ।

नेपाली सेनाको मेजर रहेका मल्ल अनुशासीत खेलाडीमा गनिन्छन् । उनलाई राष्ट्रिय टोलीमा ल्याउन मुख्य प्रशिक्षक योहान कालिनसमेत सकारात्मक रहेको एन्फा स्रोत बताउँछ ।

‘विकास आफ्नो करियरका उत्कृष्ट गोलकिपर हुन् । त्यसैले गर्दा पनि उनमा कालिनले त्यो क्षमता देखेको हुनु पर्छ,’ एन्फा स्रोतले भन्यो ।

एन्फा एकेडेमीको पहिलो ब्याचका खेलाडी मल्ललाई अहिलेका गोलकिपर किरण चेमजोङले रिप्लेस गरेका हुन् ।

उपेन्द्रमान सिंहको स्थानमा टोलीमा ठाउँ बनाएका मल्लले खेलेको अन्तिम प्रतियोगिता भने सम्भवतः हैदरावादमा भएको साफ च्याम्पियनसिप नै हो ।

त्यसपछि उनी टोलीमा रहे पनि मैदान उत्रिने अवसर पाएनन् ।

‘मल्ललाई चोटले साथ नदिए पनि उनी पछिसम्मै पनि राम्रो गोलकिपर हुन्,’ फुटबल विश्लेषक सञ्जीव मिश्रले भने, ‘मल्ल राम्रो खेलाडी मात्रै होइनन् अनुसाशित खेलाडी पनि हुन् । उनी राष्ट्रिय टोलीमा आउँदा अहिले उठ्ने गरेको अनुसाशन सम्बन्धी प्रश्न पनि रोकिन सक्छ ।’

गोलकिपर प्रशिक्षकहरुको नाम एन्फाको प्राविधिक समितिसमक्ष पुगिसकेको छ । जसमा मल्लसँगै उज्ज्वल मानन्धर र मल्ललाई प्रशिक्षण दिएका मिग्रेन्द मिश्रको समेत नाम रहेको छ ।

मंगलबारका लागि संयोजक कृष्ण थापाले प्राविधिक समितिको बैठक बोलाए पनि विविध कारणले बस्न नसकेपछि अब बुधबार बस्ने बैठकले गोलकिपर प्रशिक्षकको नाम टुङ्गो लगाउने छ ।

एन्फाले गोलकिपरमा मल्लको नाम सिफारिस गरेपछि आर्मीसँगको अनुमतिका लागि एन्फाले पत्र पठाउनुपर्नेछ । आर्मीको मेजर रहेका मल्ललाई आर्मीले एन्फाको पत्र पाएपछि करारमा पठाउन सक्छ ।

यदि कुनै प्रक्रिया मिलेन भने आर्मीले अस्वीकृत पनि गर्न सक्छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  १२ : ०४ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न