बाढीले पाँचथरमा सडक अवरूद्ध, खेती र जलविद्युत् आयोजनामा क्षति | Khabarhub Khabarhub

बाढीले पाँचथरमा सडक अवरूद्ध, खेती र जलविद्युत् आयोजनामा क्षति


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर – अधिक वर्षाका कारण पाँचथरको फिदिम नगरपालिका हुँदै बग्ने फेमे खोलामा आएको बाढीले विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ  ।

आइतबार  रातिदेखि सोमबार दिउँसोसम्म उक्त खोलामा आएको बाढीले फिदिम–फालोट सडकको फिदिम–नाङ्गिन जोड्ने फेमे खोला पुल जोखिममा परेको छ ।

बाढीले २५ मिटर लम्बाइको पुलको पश्चिमपट्टिको जमिन कटान गर्दा  पुल जोखिममा परेको हो । मुख्य पिलर पछाडिको जमिन आधाभन्दा बढी भत्किएपछि पुल जोखिममा परेको हो ।

बाढीले उक्त पुल आसपासको क्षेत्र तथा फिदिम नगरपालिका–१ को मालबाँसेका विभिन्न स्थानमा पहिरो जाँदा फिदिम–फालोट सडक अवरुद्ध भएको छ । नगरपालिकाले पहिरो पन्छाउने प्रयास जारी राखेको छ ।

यस्तै फिदिम–७ मा पर्ने नाम्दु खोल्सामा पहिरो जाँदा फिदिम–रानीटार–लुङरुपा सडक अवरुद्ध बनेको छ । यहाँ पनि नगरपालिकाले स्थानीयवासीको सहयोगमा सडक खुलाउने प्रयास जारी राखेको छ ।

फेमे खोलामा आएको बाढीले फिदिममै पर्ने तीन वटा साना जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । बाढीले आयोजनाको पाइपलाइन बगाउँदा तीन वटै आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । बाढीले फेमे खोलाको तटीय क्षेत्रमा रहेको आयोजनाको पाइपलाइन बगाएको हो ।

बाढीबाट फेमे खोला साना जलविद्युत् आयोजना र बिके हाइड्रोपावरका दुई वटा आयोजनामा क्षति पुगेको पाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए । बाढीले यी आयोजनाको करीब ७० मिटर पाइपलाइन बगाउनुका साथै कजवेमा क्षति पुर्‍याएको छ ।

क्षति भएका आयोजनामध्ये फेमे खोला साना जलविद्युत् आयोजना ९९८ किलोवाट तथा बिके हाइड्रोपावरका १५० र २४० किलोवाट विद्युत् उत्पादन बन्द भएको हो ।

बाढीले फिदिम नगरपालिका वडा नं. १, ७ र ११ मा पर्ने फेमे खोलाको तटीय क्षेत्रका केही घर जोखिममा पर्नुका साथै धान खेती र अलैँची बगानहरुमा क्षति पुर्‍याएको छ । फिदिम–११ का नवराज न्यौपानेका अनुसार बाढीबाट २० जनाभन्दा बढी स्थानीयको खेत तथा अलैँची बगानमा क्षति पुगेको छ ।

बाढीले तटीय क्षेत्रमा कटान गर्नुका साथै केही खेत तथा अलैँची बगान पुरेको छ । दर्जनौँ स्थानीयको खेतबारीमा क्षति पुगेपनि क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रनाउ न्यौपानेले बताए ।

प्रहरीले बाढी तथा पहिरोको जोखिममा रहेका परिवारहरुलाई सुरक्षित स्थानमा सर्न आह्वान गरेको छ । कतिपय स्थानमा प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सक्रियतामा जोखिममा रहेका स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्ने कामसमेत शुरु भएको प्रनाउ न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ७ : ०३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०