भारतको श्रीनगरमा दुई दिनसम्म कर्फ्यू | Khabarhub Khabarhub

भारतको श्रीनगरमा दुई दिनसम्म कर्फ्यू


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारत सरकारले श्रीनगरमा २ दिन कर्फ्यू जारी गरेको छ ।

जम्मू-कश्मीरलाई दिइएको विशेष दर्जा खारेज गरिएको पहिलो वर्षगाँठ पुगेको अवसरमा हुन सक्ने सम्भावित विरोधलाई मध्यनजर गर्दै आज र भोलि श्रीनगरमा कर्फ्यू जारी गरिएको हो ।

अलकायदा र पाकिस्तान समर्थित समूहले अगस्ट पाँचलाई कालो दिवस मनाउने तयारी गरेको सूचना बाहिरिएपछि उक्त प्रदर्शन रोक्न तथा सम्भावित क्षतिबाट कर्फ्यू जारी गरिएको सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

कर्फ्यू उल्लंघन हुन नदिन व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । स्वास्थ्य समस्या भएर अस्पताल जान बाहेक बाहिर निस्किए कारबाही हुने चेतावनी दिइएको छ ।

मोदी सरकारले गत वर्ष जम्मू-कश्मीरलाई विशेषाधिकार प्रदान गरेको अनुच्छेद ३७० संविधानबाट हटाउँदै सन् २०१९ को अगष्ट ५ मा केन्द्र शासित प्रदेश बनाउने निर्णय गरेको थियो । उक्त निर्णयसँगै भारत-प्रशासित साबिक जम्मू-कश्मीर राज्य जम्मू-कश्मीर र लद्दाख  गरी दुई केन्द्रशासित प्रदेश भएका थिए ।

सो निर्णयको भारतमा विपक्षी दल र जम्मू-कश्मिर क्षेत्रमा नै विरोध भएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ६ : २९ बजे

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा