३६ कोरोना संक्रमित सिकिस्त अवस्थामा, २ जना भेन्टिलेटरमा, ३४ आइसीयूयमा | Khabarhub Khabarhub

३६ कोरोना संक्रमित सिकिस्त अवस्थामा, २ जना भेन्टिलेटरमा, ३४ आइसीयूयमा


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा उपचारको अवस्थामा रहेका ५ हजार ७३२ जना कोरोना संक्रमितमध्ये ३६ जना सिकिस्त अवस्थामा रहेको खुलेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमवार अपरान्ह चारबजेसम्म देशभरका विभिन्न अस्पतालमा उपचाररतमध्ये ३६ संक्रमितको अवस्था चिन्ताजनक रहेको जनाएको छ।

त्यसमध्ये दुईजनालाई भेन्टिलेटरमा छन् भने ३४ जना आइसीयूमा छन् । सबैभन्दा बढी बागमती प्रदेशमा २१ संक्रमित आइसीयूमा छन् भने एक जना भेन्टिलेटरमा रहेको बताइएको छ ।

यस्तै प्रदेश नम्बर २ मा सात जना आइसीयूमा, प्रदेश नम्बर १ मा तीन जना आइसीयूमा र एक जना भेन्टिलेटरमा छन्।

प्रदेश नम्बर ५, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा एक-एकजना बिरामी आइसीयूमा उपचारारत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ५ : ४६ बजे

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको