'कित्ता' प्रष्ट गरेर निर्णयका लागि तयार हुन मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

‘कित्ता’ प्रष्ट गरेर निर्णयका लागि तयार हुन मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ बालुवाटारमा मन्त्रिपरिषद्का सदस्यहरुसँग छलफल गरेका छन् ।

छलफलमा प्रधानमन्त्री ओलीले नेकपाभित्र भइरहेको पछिल्लो राजनीतिक घटनाक्रमबारे मन्त्री र राज्यमन्त्रीसँग आफ्ना धारणा सुनाएका छन् ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले आवश्यक परेमा निर्णय लिन तयार हुन भनेका छन् ।

‘आआफ्नो अवस्था प्रष्ट गरेर निर्णयका लागि तयार हुन मन्त्रीहरुलाई निर्देशन दिनुभयो’, प्रधानमन्त्रीको भनाइ उल्लेख गर्दै ती मन्त्रीले भने, ‘प्रधानमन्त्रीले सबैकुरा प्रष्ट नपारे पनि पार्टी विभाजन वा अन्य कुनै राजनीतिक निर्णय हुनसक्ने अवस्था देखियो ।’

उनले नेकपा स्थायी कमिटी बैठकले कुनै निर्णय गर्नुअगावै प्रधानमन्त्रीले कुनै कठोर निर्णय लिन सक्ने बताए ।

प्रधानमन्त्रीले राष्ट्रियता र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि आफू कुनै पनि हालतमा दुवै पद त्याग्ने पक्षमा नरहेको प्रष्ट पारेका थिए ।

प्रधानमन्त्रीले एकता गम्भीर मोडमा पुगेको कुरा गरे । आफू जहिले पनि पार्टी एकताको पक्षमा रहेको कुरा दोहोर्‍याउँदै अहिले आफूलाई घेराबन्दीमा पारेको समेत बताए ।

एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले सुरुको आधा घण्टा संकटपूर्ण परिस्थितिको बारेमा बोलेका थिए ।

प्रधानमन्त्री ओलीले आफूलाई मात्र होइन राष्ट्रपतिलाई समेत बद्नाम गराउने प्रयास भएको भन्दै रोष प्रकट गरेका थिए ।
यसपछि मन्त्रीहरु वर्षमान पुन, घनश्याम भुसाल र पार्वत गुरुङ बोलेका थिए ।

पुन र गुरुङले पर्याप्त छलफल गरेर पार्टी एकता जोगिने गरी उचित निर्णय लिन सुझाएका थिए । भुसालले भने कतिपय सूचना गलत पनि हुन सक्ने भन्दै सचेत भएर निर्णय लिन सुझाएका थिए ।

भुसालको सुझाबमा प्रधानमन्त्री ओली असन्तुष्ट देखिए । उनले सही र गलत छुट्याउने क्षमता आफूमा रहेको भन्दै भुसाललाई जवाफ दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि प्रधानमन्त्रीले झन्डै १ घण्टाभन्दा बढी समय मन्त्री र राज्यमन्त्रीहरूसँग परामर्श गरेका हुन् ।

मन्त्रीहरुसँगको छलफलअघि प्रधानमन्त्रीले राष्ट्रपतिसँग पनि भेट गरेका थिए । पार्टीभित्र संकट गहिरिँदै जाँदा प्रधानमन्त्री राष्ट्रपतिलाई भेटेर मन्त्री र राज्यमन्त्रीसँग छलफलमा जुट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राष्ट्रपतिको सहयोग लिएर अघि बढ्ने प्रधानमन्त्रीको तयारीमा रहेको बुझिएको छ ।

यसैबीच, राष्ट्रपतिलाई बारम्बार भेटेकोमा अर्को पक्षले कुनै अनिष्टको शंका समेत गरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत सचितवालय ६ सदस्यहरुबीच खुमलटारमा यस विषयमा छलफल भएको छ ।

अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले छुट्टै भेला गरेका हुन् ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ९ : २४ बजे

त्रिविले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र बनाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था

खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको