गोरखामा कोरोनाले मृत्यु भएका पुरुषको शव व्यवस्थापनमा अवरोध | Khabarhub Khabarhub

गोरखामा कोरोनाले मृत्यु भएका पुरुषको शव व्यवस्थापनमा अवरोध


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- गाेरखामा कोरोना सङ्क्रमणपछि मुत्यु भएका पुरुषको शव व्यवस्थापनमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।

पालुङटार नगरपालिका ७ का एक पुरुषको आज बिहान गोरखा अस्पतालमा मृत्यु भएको थियो । उनको शव गोरखा नगरपालिका वडा नम्बर १२ र शहीद लखन गाउँपालिका १ काे सीमा लुदी खोलाको दोभानमा व्यवस्थापन गर्ने जिल्ला सुरक्षा समितिले निर्णय गरेको थियो ।

तर दुवै नगरपालिका स्थानीयले दिनभर शव व्यवस्थापनमा अवरोध गरेका छन् । प्रहरीले तीन घण्टाकाे अवरोध हटाएपछि शव व्यवस्थापन टोलीले खाल्डो खनेको भए पनि स्थानीयको विरोधको व्यवस्थापनमा समस्या उब्जिएको हो ।

प्रहरीले बल प्रयोग गरेर स्थानीयलाई हटाउने र शव व्यवस्थापन गर्ने तयारी गरेको छ ।

कोरोनाले मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा अवरोध हुँदा प्रहरीले लाठीचार्ज समेत गरेको छ ।

नेपाली सेनाको विशेष टोलीले शव व्यवस्थापनमा जुटेको छ ।

शव व्यवस्थापनमा अवरोध गर्नेलाई लक्षित गरेर प्रहरीले सुरुमा चार सेल अश्रुग्यास प्रहार गरेको जनाइएको छ ।

असार १७ गते कतारबाट नेपाल आएका उनको उपचारको क्रममा शनिबार बिहान ५ बजे गोरखा अस्पतालमा मृत्यु भएको थियो।

सरकारले संक्रमितको मृत्यु भएपछि जतिसक्दो चाँडो मापदण्ड पूरा गरेर शव व्यवस्थापन गर्नुपर्ने निर्देशिकामा उल्लेख  छ।

 

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ५ : ३० बजे

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा