लकडाउनको मोडालिटी तयार पार्ने जिम्मा उच्चस्तरीय समितिलाई | Khabarhub Khabarhub

लकडाउनको मोडालिटी तयार पार्ने जिम्मा उच्चस्तरीय समितिलाई


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले लकडाउनको मोडालिटी तयार पार्ने जिम्मा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई दिएको छ ।

उच्चस्तरीय समितिले लकडाउनको मोडालिटीका विषयमा सरोकारवाला निकायसँग छलफल जारी राखेकाले आजको मन्त्रिपरिषद बैठकले लकडाउन मोडालिटी तयार पार्ने जिम्मा समितिलाई दिएको हो । समितले तयार पारेको मोडालिटी अनुसार आइतबार पुन: बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनबारे निर्णय लिने एक मन्त्रीले बताए ।

उनले भने, ‘लकडाउनको मोडालिटी आइतबारमात्रै तय हुने भयो । विज्ञ र सरोकारवालासँग छलफल गरेर सुझाव एकीकृत गरेपछि यस विषयमा टुंग्याइने छ ।

उच्चस्तरीय समन्वय समितिले विभिन्न क्षेत्रका सरोकारवालसँग छलफल जारी राखेको छ । मंगलबार उद्योगी व्यवसायीसँग छलफल गरेको समितिले बिहीबार शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारावालासँग परामर्श गरेको थियो । बैठकमा प्याब्सन, एनप्याब्सन, हिसानलगायतका प्रतिनिधि थिए ।

केही दिनयता व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न दिन माग गर्दै नदिए अवज्ञा गर्ने चेतावनी दिएपछि आज यस विषयमा मन्त्रिपरिषद बैठकमा छलफल भएको हो ।

सरकारले चैत ११ गते एक साताका लागि सुरु गरेको लकडाउन जेठ ३२ गतेसम्म जारी छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ८ : ३० बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न