प्रहरी चौकीमा आक्रमण गर्ने वडाध्यक्षविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा | Khabarhub Khabarhub

प्रहरी चौकीमा आक्रमण गर्ने वडाध्यक्षविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम- प्रहरी चौकीमा आक्रमण गर्ने मुसीकोट नगरपालिका–१३ का वडाध्यक्ष दीपक केसीविरुद्ध प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा लगाएको छ ।

स्थानीयको सहयोगमा प्रहरी चौकीमै आक्रमण गरेको आरोपमा उनीमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको हो ।

मंगलबार साँझ करिब ८ बजे प्रहरीले खाना खाइरहेको अवस्थामा वडाध्यक्ष केसी नेतृत्वको टोलीले प्रहरी पोष्टमा तोडफोड गरी क्षति पुर्‍याएको थियो ।

उनीसहित २० देखि २५ जनाको युवा समूहले ढुंगामुढा गर्दै प्रहरी पोष्ट तोडफोड गरेका थिए । प्रहरीले वडाध्यक्षसहित राजन केसी, खिलराज गिरी र टेकबहादुर खड्कालाई नियन्त्रणमा लिएको छ ।

नयाँ फौजदारी संहिताअनुसार अभद्र व्यवहारसम्बन्धी कसुर भनेको सार्वजनिक मुद्दा हो । कसूर पुष्टि भएमा १ वर्ष कैद सजाय वा १० हजार जरिवाना वा दुवै सजाय र क्षतिपूर्ति भराउने व्यवस्था छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ८ : ४६ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द