मुगुमा एक जनालाई कोरोना पुष्टि | Khabarhub Khabarhub

मुगुमा एक जनालाई कोरोना पुष्टि


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुमा एक जनालाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ। खत्याड गाउँपालिका-२ का २७ वर्षीय युवाको स्वाब बिहीबार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ल्याबमा परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी गराए।

उनलाई बिहीबार नै पालिका अन्तर्गत रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसोलेसन वार्डमा राखिने भएको छ।

संक्रमित युवा खत्याड गाउँपालिका–५ मा स्थापना गरेको हलेखाडा क्वारेन्टिनमा बसेका थिए। त्यहाँ भारतबाट आएका उनीसहित ४८ जनालाई राखिएको छ।

जिल्लाका चार वटा स्थानीय तहमध्ये सबैभन्दा बढी भारतबाट खत्याड गाउँपालिकामै स्थानीयहरू आएका छन्। सरोकारवालाहरुले यो गाउँपालिका कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा रहेको बताउँदै आएका थिए।

संक्रमित रहेको क्वारेन्टिनमा रहेका अन्य ४७ जनाको एक सातापछि आरडीटी परीक्षण गरेर मात्र घर पठाउने र जुम्लामा पीसीआर परीक्षणका लागि बढी चाप भएकाले एक सातासम्म भिटिएम नपठाउनु भनेकाले भारतबाट आएका तथा अन्यको एक सातासम्म स्वाब संकलन नगरिने पनि डा. नगरकोटीले बताए।

एक संक्रमित थपिएसँगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या २७९ पुगेको छ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  २ : ०१ बजे

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको