प्रेममा नपर्ने यी ६ राशी, यो सूचीमा तपाईंको राशी त छैन ? | Khabarhub Khabarhub

प्रेममा नपर्ने यी ६ राशी, यो सूचीमा तपाईंको राशी त छैन ?


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रेमका मामलामा सबैको विचार अलग अलग हुन्छ । कतिपयलाई प्रेममा रहेर पार्टनरका साथ खुसियाली जीवन बिताउनु महत्वपुर्ण लाग्दछ । यिनिहरु सजिलै प्रेममा पर्दछन् । तर त्यहि केहि मानिसको नजरमा प्रेमको मतलव शुन्य झै हुन्छ । उनीहरु प्रेममा प्रश्न गर्ने, पार्टनरलाई हमेशा शंका गर्दछन् । यिनिहरु हतपत प्रेममा पर्दैनन् । परे पनि कहिल्यै पार्टनरलाई भरोसा गर्दैनन् । कुनकुन राशीका जातक प्रेममा पर्दैनन्, जान्नुहोस् ।

१. मेष राशी
यी राशीका ब्यक्ति आफ्नै जिद्दिपनाका कारण परिचित हुन्छन् । यिनिहरुमा कमजोर धैर्यता रहने गर्दछ । आफ्नो हिसाबले सम्बन्ध भएन भने उनीहरु पार्टनरलाई इग्नोर गर्न थाल्दछन् । उनीहरुमा आफ्नो पार्टनर प्रति अत्यन्त कम आशा हुन्छ तसर्थ यी राशीका जातक हतपत प्रेममा पर्दैनन् । यी राशीका ब्यक्तिलाई प्रेम गर्नेहरुले पनि प्रेम पाउन निकै ग्राहो हुन्छ ।

२. वृश्चिक राशी
यस राशीका ब्यक्ति अत्यन्त भावुक र बुद्धिमानी हुन्छन् । उनीहरु प्रेममा बफदारीका लागी परिचित छन् । तर यि राशीका ब्यक्तिले जबसम्म आफुले पुर्णरुपमा मन पराएको सुनिश्चित गर्दैनन् तबसम्म प्रेममा छन् भनेर भरोसागर्नु हुदैन । हतपतकुनै वाचा नगर्ने यी जातक ब्यक्तिको दिमाग के चलिरहेको छ निकटका ब्यक्तिले पनि थाहा पाउँदैनन् ।

३. धनु राशी
उत्साही र साहसी स्वभावका धनु राशीका जातकलाई प्रेममा पर्दा आफ्नो स्वतन्त्रता सकिने भय रहन्छन । उनीहरु नयाँनयाँ प्रयोग गर्न रुचाउँछन् तर चाडैँ त्यसबाट दिक्क मान्दछन् ।

तसर्थ यी राशीका ब्यक्तिसँग प्रेममा पर्नेहरुलाई पनि यस प्रकारको समस्या रहने गर्दछ । तर एक पटक प्रेममा परेका यस राशीका जातक सदैव बफदार रहने गर्दछन् ।

४. तुला राशी
मनोरञ्जनमा बढि समय दिने तुला राशीका जातकको सामाजिक दायरा ठुलो हुने गर्दछ । उनीहरु सम्बन्धको दबावलाई झेल्न सक्दैनन् । कुनै एक बिषय या ब्यक्तिको बारेमा सोचेर लामो समय चिन्तित हुने यी राशीका जातक प्रेममा नपर्न आफैलाई यातना दिने गर्दछन् । यी राशीका ब्यक्तिलाई हतपत प्रेममा पर्ने सम्भावना रहदैन ।

५. कुम्भ राशी
यस राशीका जातक आफुप्रति हतपत कसैलाई हावि हुन दिदैनन् । स्वभावमा कठोर उनीहरु मनका भने कोमल हुन्छन् । तर रिसमा काबु राख्न नसक्नाले यिनिहरुको प्रेम चाडैँ टुट्ने गर्दछ । उनीहरु कल्पनामा रमाउने भएकाले प्रेममा पनि काल्पनिक छवि रुचाउँछन् । आलोचना वा विरोध सहन नसक्ने यी जातकको पार्टनरसंग राम्रो सम्बन्ध नहुनुको एक कारण हो ।

६. मीन राशी

यस राशीका जातक रचनात्मक र कल्पनाशील हुने गर्दछन् । दुनियाँ हेर्ने उनीहरुको अलग्लै नजर हुने गर्दछ । तर यि राशीका जातक प्रेममा सहज समझदारी राख्दैनन् । तर्सथ यी राशीलाई प्रेम गर्नेहरु खुशी हुँदैनन् । यदि यो राशी प्रेममा नपर्नुको कारण खोज्ने हो भने उनीहरुको स्वभाव नै अक्सर जिम्मेवार रहने गर्दछ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  १२ : २६ बजे

सुदूरपश्चिममा दुई मन्त्रीको जिम्मेवारी तोकियो

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन