ट्रम्पका पोष्टले फेसबुकका सञ्चालक जुकर्वर्ग अप्ठ्यारोमा | Khabarhub Khabarhub

ट्रम्पका पोष्टले फेसबुकका सञ्चालक जुकर्वर्ग अप्ठ्यारोमा


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसालाई बढावा दिने भिडियो पोष्ट गर्दा पनि नहटाएको भन्दै फेसबुककै कर्मचारीले कम्पनीका प्रमुख मार्क जुकर्वर्गको आलोचना गरेका छन् ।

हिंसालाई बढवा दिने पोष्टहररु हटाउने र पटक/पटक त्यस्तो भएको पाइए प्रयोगकर्ताको एकाउन्ट नै बन्द गर्ने कम्पनीको नीति राष्ट्रपति ट्रम्पको हकमा भने कार्यान्वयन नभएको भन्दै कर्मचारीहरूले जुकर्वर्गको आलोचना गरेका हुन् ।

ट्रम्पले अमेरिकाका विभिन्न शहरमा लुटपाट हुँदै गरेका भिडियो पोस्ट गरेपछि फेसबुकसंगको सम्झौता उल्लंघन भएको भन्दै फेसबुकका कर्मचारीले विरोध जनाएका थिए ।

टाउनहलमा बसेको कम्पनीको बैठकमा रियल–टाइम फिडब्याक प्रयोग गरेर हिंसा आब्हान गर्ने वा भौतिक वस्तुमा हानी पुर्‍याउने खालका सामग्रीहरू फेसबुकबाट हटाइने आफ्नो पूर्बप्रतिवद्धता सम्झाइ दिएपछि जुकरवर्गले कर्मचारीहरुलाई सम्झाई बुझाई गरेका थिए ।

सामाजिक सञ्जाल फेसबुकले हिंसालाई बढवा दिने फोटो तथा भिडियो पोष्ट भए तत्कालै तिनलाई हटाउने र आवश्यक ठाने सम्बन्धित प्रयोगकर्ताको एकाउन्ट नै बन्द गर्नेसम्मको नीति लिदै आएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ११ : ४६ बजे

नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना

काठमाडौं– नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त

भूकम्पीय जोखिम न्यूनीकरणका लागि बृहत् फोटो प्रदर्शनी

काठमाडौं– भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले बुधबार बृहत्

महोत्तरीमा आगलागी हुँदा ३० घर जलेर नष्ट

जनकपुरधाम– महोत्तरीमा आगलागी हुँदा करिब ३० वटा घर जलेर नष्ट

मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै

तनहुँ– तनहुँको मानपुर-डेडगाउँ-बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत– कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको