लकडाउन तोड्दै काठमाडौंका व्यवसाय खुला | Khabarhub Khabarhub

लकडाउन तोड्दै काठमाडौंका व्यवसाय खुला


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण र रोकथामका लागि सरकारले लागू गरेको लकडाउनकैबीच काठमाडौंका व्यापारीले पसल खोलेका छन् । व्यावसायीले लकडाउन तोड्दै पसल तथा व्यवसाय सञ्चालन गरेका हुन् ।

काठमाडौंमा पसल सञ्चालन गर्ने व्यापारीले आज (बिहीबार) सबै प्रकारका पसल सञ्चालन गरेका हुन् । आज बिहान काठमाडौंका मुख्य व्यापारीक केन्द्र न्यूरोड, कोटेश्वर, बौद्ध, भोटेबहाल, इन्द्रचोकलगायतका क्षेत्रका सबै पसल खुला भएका छन् ।

पसलमा सामान किन्ने ग्राहक पनि फाट्टफुट्ट पुगेको देखिन्थ्यो । पसल खोलेका व्यापारीले सामाजिक दूरी पालन गरेको र सुरक्षाका उपाय पनि अपनाएको बताएका छन् । कतिपय व्यापारीले ग्राहकको तापक्रम नापेर र स्यानिटाइजर लगाउन दिएर मात्र पसलमा प्रवेश गराएका छन् ।

लकडाउन लम्बिएपनि संक्रमणदर बढ्न थालेपछि साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबारको बैठकले बिहीबारदेखि पसल खुला गर्ने निर्णय गरेसँगै सबै व्यापारी व्यवसायीले महासंघको निर्णय अनुसार पसलहरु खुला गरेका हुन् ।

पसलहरु खुला भए पनि नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनु पर्ने सुरक्षा सतर्कता अपनाइने भन्दै महासंघका अध्यक्ष नरेश कटुवालले अब दैनिक बिहान ११ बजेसम्म सबै पसलहरु खुला हुने जानकारी दिए ।

‘उपत्यकामा हाम्रो २७ ओटा संगठन छ र प्रत्येक संगठनमा एक हजार भन्दा धेरै सदस्यहरु छन्। त्यस्तै देशैभरी सम्पर्क समिति पनि छन्। हामीले सबैलाई पसल खोल्न आह्वान गरेका छौ’ उनले भने ।

७३ दिनदेखि चलिरहेको लकडाउनको कारण व्यवसाय ठप्प हुँदा घरभाडा, बैंकको ब्याज, किस्ता, कर्मचारीको तलव दिन समेत मुस्किल परेको कारण पसल खोल्ने निर्णय गर्नु उनले बताए ।

महासंघ मातहतमा ठूला मल, कम्प्लेक्स, गार्मेन्ट, इम्पोर्ट–एक्पोर्टदेखि सामान्य व्यापारी समेत सदस्य रहेको महासंघले जनाएको छ।

पसल संचालन गर्दा प्रशासनले बल प्रयोग गरेर बन्द गराए राज्यलाई तिर्ने कर, घरभाडा, बैंकको ब्याजदर र कर्मचारीको तलव-भत्ताको जिम्मा समेत सरकारले लिनुपर्ने उनले चेतावनी दिए।

आज विशेषत राजधानीको न्यूरोड, महाबौद्ध, बानेश्वर, कोटेश्वर, चाविहल, बौद्ध लगायतका स्थानबाट व्यवसाय खोलिएका थिए ।

पसल बन्द गराउँदा प्रहरीसँग विवाद 

यसैबीच आज विहान काठमडौंको मैतिदेवीमा प्रहरी र स्थानीय व्यापारीबीच विवाद भएको छ ।

विहानैबाट स्थानीय व्यापारीहरुले पसल खोलेपछि बन्द गराउँदै हिडेका प्रहरीसँग विवाद भएको हो । व्यापारीले लकडाउन उल्लंघन गर्दै अत्यावश्यक बाहेकका पनि सबै पसल खोलेपछि प्रहरीसँग विवाद भएको हो।

बिहीबार बिहानै फेन्सी पसलदेखि रेस्टुरेन्टसम्म खोलिएपछि स्वयंसेवकको सहयोगमा प्रहरीले बन्द गराएको हो । सिंहदरबारस्थित प्रहरी वृत्तका अनुसार त्यस क्रममा मैतीदेवी क्षेत्रमा बिहीबार बिहान व्यापारी र प्रहरीबीच विवाद भएको हो।

मोडालिटी परिवर्तन गर्ने मनसायमा सरकार

जारी लकडाउनका कारण जनजीवन प्रभावित बन्दै गएपछि सरकारले मोडालिटी परिवर्तन गर्ने तयारी थालेको छ  ।लकडाउनको स्वरूप परिवर्तन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्थविद् र जनस्वास्थ्यविदहरूसँग छलफल गरेका थिए ।

कोडिभ–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले पनि गत मंगलबार विभिन्न क्षेत्रका विज्ञसँग लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्बन्धमा छलफल गरेको थियो ।

समितिको बुधबारको बैठकमा पनि लकडाउनलाई सहज बनाउँदै कसरी लैजाने भन्ने विषयमा छलफल भएको थियो ।

चैत ११ गतेदेखि जारी लकडाउन सरकारले पछिल्लो पटक थप गर्दै जेठ ३२ गते सम्मका लागि लम्ब्याएको छ ।

हालसम्म कतिपटक थपियो लकडाउन ?

सरकारले पहिलोपटक ११ देखि १८ चैतसम्म लकडाउन गरेको थियो । त्यसपछि फेरि दोस्रोपटक एक साता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो ।

त्यसलाई निरन्तरता दिँदै ३ वैशाख, त्यसपछि १५ वैशाख, २५ वैशाखसम्म लकडाउन गरिएको थियो ।

देशका विभिन्न भागमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले लकडाउनले निरन्तरता दिँदै ५ जेठसम्म पुर्‍याएको थियो भने त्यसपछि थप गर्दै २० जेठ र पछिल्लोपटक थप गर्दै ३२ जेठसम्म लकडाउन लम्ब्याइएको छ ।

नेपालमा हालसम्म २ हजार ३ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्य ९ जनाको मृत्यु भएको छ भने २७८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ११ : १० बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,