लकडाउनको स्वरूप परिवर्तन गर्ने तयारी, निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै | Khabarhub Khabarhub

लकडाउनको स्वरूप परिवर्तन गर्ने तयारी, निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – झण्डै साढे २ महिनादेखिको लकडाउनले जनजीवन कष्टकर बनेपछि सरकारले लकडाउनको स्वरूप परिवर्तन गर्ने तयारी गरेको छ ।

यसबारे आवश्यक निर्णय गर्न आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद बैठक बोलाइएको छ । बैठकमा लकडाउनको स्वरूप परिवर्तन, जनस्वास्थ्य संकटकाल लगायतका विषयमा आवश्यक निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।

लकडाउन लम्बिदै गएपछि आर्थिक गतिविधि ठप्प भएका छन् । जसले आममानिसको जनजीवन नै अस्तव्यस्त भएको छ । लकडाउन लम्बिदा पनि संक्रमण नघटेको तथा जनजीवन पनि अस्तव्यस्त भएपछि जनजीवन सहज बनाउने उपायसहित कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा नै राख्ने गरिको निर्णय गर्न  सरकारलाई दबाब परेको छ।

लकडाउनको स्वरूप परिवर्तन नगरे बजार पसल खोल्ने व्यवसायीहरूले चेतावनी दिइसकेका छन् भने लकडाउनको स्वरूप परिवर्तनबारे जनदबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्थविद् र जनस्वास्थ्यविदहरूसँग छलफल गरेका छन् ।

नेपालमा कोरोनाका २ जना संक्रमित देखिएपछि चैत्र ११ गतेदेखि सुरू गरिएको लकडाउन ७३औँ दिनसम्म आइपुग्दा अरू २ हजार २ सय ९८ संक्रमित थपिएका छन् भने ९ जनाको कोरोना भाइरसको संक्रमणले मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ९ : ४१ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द