महाकाली अस्पतालको आइसोलेसन संक्रमितले भरिभराउ « Khabarhub

महाकाली अस्पतालको आइसोलेसन संक्रमितले भरिभराउ


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको भीमदत्तनगरमा रहेको महाकाली अस्पतालको आइसोलेसनकक्ष कोरोना भाइरस (कोभिड १९) का बिरामीले भरिभराउ भएको छ ।

बीस जना क्षमताको आइसोलेसनमा १५ कोरोना संक्रमित भर्ना गरिएका छन् । एक जना आरडीटी पोजेटिभलाई आइसोलेसनमा राखिएको छ ।

मंगलबारदेखि कोरोना संक्रमितको उपचार शुरु गरिएको अस्पतालमा कैलालीको गौरी गङ्गा नगरपालिकाका सात जनालाई बुधबार मात्रै उपचारका लागि भर्ना गरिएको छ ।

आठ कोरोना संक्रमित कञ्चनपुरका रहेका छन् । कारोना संक्रमित सबै जना भारतबाट फर्केका व्यक्ति हुन् । कैलालीको सेती प्रादेशिक अस्पतालमा आइसोलेसनमा राख्नका लागि ठाउँ अभाव भएपछि उनीहरुलाई महाकाली अस्पतालमा भर्ना गरिएको अस्पतालका डा सरोज आर्चायले बताए ।

उनका अनुसार अस्पतालमा कोरोना शङ्कास्पद १६ बिरामीलाई समेत राखिएको छ । कोरोनाका बिरामीलाई उपचारका लागि सेफर अस्पतालमा राख्ने तयारी भइरहेको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको लगानीमा निर्माण गरिएको ५० शैय्याको अस्पताल सञ्चालनमा आउन ढिलाइ हुँदा समस्या भएको छ ।

महाकाली अस्पतालको सघन उपचारकक्षसमेत भेन्टिलेटरको अभावमा सञ्चालनमा छैन । भेन्टिलेटरका लागि तीन फार्मले बोलपत्र हालेकामा कसैको पनि स्वीकृत भएको छैन । सुदूरपश्चिम प्रदेशमा १४ आइसीयू वार्डमा आठ मात्रै भेन्टिलेटर छन् ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ८ : १६ बजे

सिर्जना सिंहले भनिन् – ‘बालेनलाई शुभकामना, मतदातालाई धन्यवाद’

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले काठमाडौं महानगरको मेयरमा

विद्युत् सर्ट हुँदा आगलागी, एक घर जलेर नष्ट

बागलुङ – बागलुङ नगरपालिका–३ बोक्सेखाल्टाको एक घरमा आगलागी भएको छ

लाउडा प्रकरणका २१ बर्ष: घाइतेका खुट्टामा गोलीका दाग अझै देखिन्छन्

खोटाङ – लाउडा प्रकरणको विरोधका क्रममा खोटाङमा गोली काण्ड भएको

बेनी–जोमसोम सडक : कैकुखोला–खन्ती खण्ड कालोपत्र

लेते – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकको

अल्पसङ्ख्यक समुदायमाथि चिनियाँ सरकारको ज्यादती

जीनजीयाङ प्रान्तमा चिनियाँ सरकारको ज्यादती र त्यहाँका हृदय विदारक दृश्य