कोरोना संक्रमित बढेपछि बाँकेको नेपालगञ्जमा आजदेखि तीन दिनसम्म निषेधाज्ञा | Khabarhub Khabarhub

कोरोना संक्रमित बढेपछि बाँकेको नेपालगञ्जमा आजदेखि तीन दिनसम्म निषेधाज्ञा


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– कोरोना भाइरसका संक्रमितहरु बढेपछि बाँकेको नेपालगञ्जमा वैशाख २५ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा लागू हुने गरी निषेधित क्षेत्र घोषणा गरिएको नेपालगञ्ज उपमहानगरपालिकामा मेयर डा धवल शमशेर राणाले जानकारी दिए ।

मंगलबार बिहान ६ बजेदेखि वैशाख २५ गते (बिहीबार) मध्यराति सम्मका लागि घरबाट बाहिर ननिस्ककने गरी निषेधित क्षेत्र तोकिएको डा राणाले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले कोरोना संक्रमितहरु बढेपछि थप व्यक्तिमा संक्रमण नफैलियोस् भनेर मंगलबारदेखि बिहीबार मध्यरातिसम्मका लागि कसैलाई घरबाट बाहिर ननिस्केनगरी निषेधाज्ञा जारी गरेको बताए ।

अब २५ गतेसम्म कुनै पनि व्यक्तिले बाहिर निस्किन पाउने छैनन् । बाहिर निस्केका जुनसुकै व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल पक्राउ गरी कानूनानुसार कारबाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ६ : ५० बजे

युट्यूबलाई वैकल्पिक मिडिया बनाउने यी योद्धा

काठमाडौं– केही समयअघिसम्म एकाध टेलिभिजनलाई श्रव्यदृश्य समाचारको मूलधार मानिन्थ्यो ।

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने